वर्तमान राष्ट्रपतिलाई पूर्वराष्ट्रपतिको गृहजिल्लामा ‘नो इन्ट्री’ !

काठमाण्डु, २९ मंसिर– आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले राष्ट्रपति विद्यादेवी भण्डारीलाई जनकपुर प्रवेशमा रोक लगाएको छ । रामजानकी विवाह महोत्सवमा सहभागी हुन राष्ट्रपति भण्डारी बुधबार जनकपुर जाने कार्यक्रम छ । मोर्चासहित आन्दोलनरत संयुक्त युवा संघर्ष समिति, मधेस अधिकार संघर्ष समिति र नागरिक अगुवाको मंगलबार साँझ बसेको संयुक्त बैठकले भण्डारीलाई जनकपुर प्रवेश निषेध गर्ने निर्णय गरेको हो । मोर्चा घटक सदभावना पार्टीका धनुषा अध्यक्ष सञ्जयकुमार सिंहले जुनसुकै मूल्य चुकाएर भए पनि भण्डारीलाई जनकपुर आउन नदिइने चेतावनी दिए । मोर्चाले राष्ट्रपतिविरुद्धको प्रदर्शनका लागि गाउँगाउँका कार्यकर्तालाई जनकपुर आउन निर्देशनसमेत दिएको छ । यसैबीच मोर्चा कार्यकर्ताले मंगलबार साँझ जनकपुरस्थित गंगाशागरमा रहेको स्मसानघाटमा राष्ट्रपतिको पुत्ला दहन गरेका छन् ।

0 comments

Write Down Your Responses