चौतारा, २ पुस – विभिन्न कारणले सदरमुकाम जान नसकी नागरिकता लिन नपाएकी सिन्धुपाल्चोकको लिसंखु गाविसका ७३ वर्षीया सुनमाया तामाङ गाउँबाटै नागरिकताको प्रमाणपत्र लिन पाएकामा खुसीले गदगद भएकी छन् ।
जिप्रकाको संयोजनमा मङ्गलबार आयोजित एकीकृत घुम्ती शिविरबाट तामाङलाई गाउँबाटै नागरिकताको प्रमाणपत्र लिने मौका मिलेको हो ।
दोलखा जिल्लासँग सिमाना जोडिएको अत्तरपुर गाविसमा आयोजित सो शिविरबाट त्यस भेगका लिसंखु, ठूलोधादिङ, जेठलसहितका ३१० जनाले नागरिकताको प्रमाणपत्र लिएको सहायक प्रमुख जिल्ला अधिकारी भरतप्रसाद आचार्यले जानकारी दिए ।
उनका अनुसार राजधानीमा बस्दै आएका विभिन्न व्यक्तिले पनि गाउँमा शिविर बस्ने जानकारी पाएपछि गाउँ फर्केका थुप्रैले नागरिकता लिएका थिए । यसरी नागरिकताको प्रमाणपत्र लिनेमा लिसंखुका १४०, अत्तरपुरका ९५, ठूलोधादिङका ३२ र जेठल गाविसका ४३ जना छन् ।
ती गाविसका बासिन्दाले सदरमुकाम आवतजावत गर्न बढी समय लाग्नुका साथै खर्चिलो र झन्झटिलो अवस्था झेल्दै आएका थिए ।
जिल्ला स्वास्थ्य कार्यालय र गोरखबहादुर गणको संयुक्त आयोजनामा भएको घुम्ती शिविरमा २४५ जनाको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि वितरण गरिएको थियो । शिविरमा आठजनाको भिडियो एक्स–रे, एकजनाको परिवार नियोजन, आङ खसेका दुई महिलालाई रिङ्प्रेसरी लगाएको चौतारा अस्पतालका प्रमुख चिकित्सक सागर राजभण्डारीले बताए ।
घुम्ती शिविरमा १९ जनालाई अपाङ्ग परिचयपत्र वितरण गर्नुका साथै जिल्ला कृषि विकास कार्यालयबाट विभिन्न तरकारीका बीउबिजनसमेत वितरण गरिएको थियो ।
त्यसैगरी शिविरमा ६७ जनालाई सिन्धु बार एकाइबाट कानुनी परामर्शसमेत दिइएको थियो । शिविरमा जिल्ला पशुसेवा कार्यालयबाट प्राविधिक परामर्श, औषधि वितरण, पशु बन्ध्याकरण र गोबर परीक्षणसमेत गरिएको थियो ।
काठमाडौं, पुस १ – नवलपरासीका बलराम भण्डारी अघिल्लो साता दुबई जानका लागि काठमाडौं आउनु भएको थियो । त्यसको एक साताअघि नै नयाँबानेश्वरको राजधानि इन्टरनेशनल म्यानपावर कम्पनीमा पासपोर्ट बुझाई सक्नु भएको थियो ।
म्यानपावरबाट अन्तरवार्ता, स्वास्थ्य परिक्षण र अभिमुखिकरण तालिमका लागि फोन आएपछि उहाँ आउनुभएको हो । अन्तरवार्ता दिन तयार भएपनि काम र लागतको बारेमा केहि पनि भनेका थिएनन् । बलरामले सोध्दा अरु प्रक्रिया सक्नुस् पछि कुरा गरौंला भनेका थिए ।
अन्तरवार्तामा पास हुनु भयो । स्वास्थ्य पनि ठिकै देखियो । त्यसपछि अभिमुखिकरण तालिमका लागि बालकुमारी तर्फ लाग्नुभयो । अभि मुखिकरणमा न्युनतम लागतको कुरा आयो थप बुझ्नु परेमा प्रवद्र्धन वोर्डमा फोन गर्नु भनेर नम्बर पनि दिए । उहाँले प्रवर्द्धन बोर्डमा फोन गर्दा १० हजार रुपैयाँ भन्दा वढि तिर्नु पर्दैन भने ।
न्युनतम लागत खर्चको कुरा म्यानपावरका कर्मचारीलाई सोध्नुभयो तर कार्यन्वयन भएको छैन् भन्दै सबैसँग एक लाख २० हजार देखि १ लाख ५० हजार रुपैयाँसम्म उठाएको वताए । तर बलरामले न्युनतम लागतमा पठाउन अनुरोध गर्नुभयो ।
मानेनन् पछि ५० हजार रुपैयाँ तिर्छु भन्नुभयो तरपनि म्यानपावरले भन्यो ‘पठाउन सक्दिँन जाने हो भने १ लाख २० हजार ल्याउनुस् नभए तपाईंको पासपोर्ट फिर्ता दिन्छु तपाईंको ठाउँमा अर्को मान्छे पठाउँछु ।’
बलरामको पासपोर्ट फिर्ता दिए । दुवईका लागि हिँडेका बलराम पासपोर्ट बोकेर घर फर्किनुभयो । न्युनतम लागतको कुरा गर्दा सबै प्रक्रिया पुरा गरेरपनि दुवईको बाटो बन्द भयो । सरकारले बढिमा २० हजार तोकेको हो तर ५० हजार तिर्छु भन्दापनि पठाएनन् । बलराम अहिले नवलपरासीमै हुनुहुन्छ । उहाँ भन्नहुन्छ, ‘न्युनतम लागतको कुरा त आफुजस्ता सोझा सिधालाई झुक्याउन गरिएको निर्णय रहेछ । नेपालमा न्युनतम् लागतमा विदेश पठाउने भनेर मुम्बईमा सुनेको कुरा हल्ला मात्रै रहेछ ।’ आखिर भयो पनि त्यस्तै ।
वैदेशिक रोजगार व्यसायीहरुले सरकारी निर्णय अटेर गरेर ठगि रहेका छन् । न्युनतम लागत खर्चमा विदेश पठाउने खवर सुनेपछि बलराम मुम्बईबाट दशैंमा घर फर्किनु भएको हो ।
त्यसअघि दाइसँग उतै काम गर्दै हुनुहुन्थ्यो । तर कमाई खासै नबचेपछि वैदेशिक रोजगारीमा जान घर फर्किनु भएको थियो । ठुलदाइ अझै उतै हुनुहुन्छ । बलराम भन्नुहुन्छ, ‘केहि हुन्छ कि भनेर जाने हो । म्यानपावरलाई बुझाउने डेढलाख भए किन विदेश जानु पथ्र्यो । यहि केहि गर्थेँ ।

काठमाण्डु, १ पुस– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदमा रहेका बेला गैरकानुनी रुपमा छोरालाई अष्ट्रेलिया भ्रमणमा पठाएबापत हर्जना तिराएको छ ।
पराजुलीले अनुचित र गैरकानूनी रुपमा छोरालाई अष्ट्रेलिया पठाउँदा दुग्ध विकास संस्थानलाई २ लाख ६० हजार नोक्सानी भएको ठहर गर्दै उक्त रकम हर्जना तिर्न आदेश दिएको थियो ।
अख्तियारले बुधबार एक विज्ञप्ति मार्फत पराजुलीले सोमबार हर्जना बुझाएको जनाएको छ । पूर्वमन्त्री पराजुलीले हिमालय बैंकमा रहेको दूग्ध संस्थानको खातामा २ लाख ६० हजार रुपैयाँ जम्मा गरेको अख्तियारका सह–प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
पराजुलीले मन्त्री स्तरीय निर्णयबाट वनकटवा दूग्ध उत्पादन सहकारी संस्था बाँकेका शेयर सदस्य गिर्वाणविक्रम पराजुलीलाई दुग्ध विकास संस्थानको खर्चमा ०७२ असार २९ गतेदेखि ०७२ साउन ४ गतेसम्म अष्ट्रेलिया भ्रमणमा पठाएका थिए ।
सुशील कोइराला नेतृत्वको सरकारमा कृषिमन्त्री रहेका पराजुली गत असार १५ गते धान दिवसका दिन भएको रोपाईंका क्रममा महिलाहरुलाई अश्लिल हर्कत गरेपछि विवादमा तानिएका थिए । सोही विवादका कारण पराजुलीले पदबाट राजीनामा दिएका थिए ।
सोही नजिरका आधारमा भूकम्प पीडितको कोटामा दुई छोरीलाई चीन भ्रमण पठाएको विषयमा समेत हर्जना तिराउने बाटो खुलेको छ । उक्त प्रकरणबारे अख्तियारले छानबिन थालेको छ ।
काठमाण्डु, १ पुस– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदमा रहेका बेला गैरकानुनी रुपमा छोरालाई अष्ट्रेलिया भ्रमणमा पठाएबापत हर्जना तिराएको छ । पराजुलीले अनुचित र गैरकानूनी रुपमा छोरालाई अष्ट्रेलिया पठाउँदा दुग्ध विकास संस्थानलाई २ लाख ६० हजार नोक्सानी भएको ठहर गर्दै उक्त रकम हर्जना तिर्न आदेश दिएको थियो ।
अख्तियारले बुधबार एक विज्ञप्ति मार्फत पराजुलीले सोमबार हर्जना बुझाएको जनाएको छ । पूर्वमन्त्री पराजुलीले हिमालय बैंकमा रहेको दूग्ध संस्थानको खातामा २ लाख ६० हजार रुपैयाँ जम्मा गरेको अख्तियारका सह–प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
पराजुलीले मन्त्री स्तरीय निर्णयबाट वनकटवा दूग्ध उत्पादन सहकारी संस्था बाँकेका शेयर सदस्य गिर्वाणविक्रम पराजुलीलाई दुग्ध विकास संस्थानको खर्चमा ०७२ असार २९ गतेदेखि ०७२ साउन ४ गतेसम्म अष्ट्रेलिया भ्रमणमा पठाएका थिए ।
सुशील कोइराला नेतृत्वको सरकारमा कृषिमन्त्री रहेका पराजुली गत असार १५ गते धान दिवसका दिन भएको रोपाईंका क्रममा महिलाहरुलाई अश्लिल हर्कत गरेपछि विवादमा तानिएका थिए । सोही विवादका कारण पराजुलीले पदबाट राजीनामा दिएका थिए ।
सोही नजिरका आधारमा भूकम्प पीडितको कोटामा दुई छोरीलाई चीन भ्रमण पठाएको विषयमा समेत हर्जना तिराउने बाटो खुलेको छ । उक्त प्रकरणबारे अख्तियारले छानबिन थालेको छ ।
काठमाण्डु, १ पुस– तराई मधेसमा आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले जनकपुरस्थित विवाह पञ्चमी महोत्सवमा पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीको कारगेटमा ढुंगामुढा प्रहार गरेका छन् ।
मोर्चाका कार्यकर्ताले राष्ट्रपति भण्डारी विरुद्ध नाराबाजी गर्नुका साथै कालो झण्डा प्रर्दशन गरेका छन् ।
मोर्चाका कार्यकर्ताको बिरोधका बाबजुद राष्ट्रपति भण्डारीले जानकी मन्दिरमा पुजाआजा गरेकी थिइन । उनले आधा घण्टा जानकी मन्दिरमा पूजाआजा गरेर काठमाण्डु फर्किएकी छन् ।
मोर्चाका कार्यकर्ताले राष्ट्रपति आउने कार्यक्रमको सोमबारदेखि नै बिरोध गर्न थालेपछि स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको थियो । सुरक्षाको कारण देखाउँदै राष्ट्रपतिले पुजा गर्ने समयमा मन्दिर परिषर खाली गरेर सर्वसाधारणलाई रोक लगाइएको थियो ।
मन्दिरका मुख्य महन्तले राष्ट्रपति भण्डारीलाई पूजा गराएको भन्दै मोर्चाका कार्यकर्ताले जनकपुरमा पुजारीको पनि पुत्ला जलाएर बिरोध गरेका छन् । विवाह पञ्चमीमा सहभागी हुन बुधबारै साँझ पुग्ने नेपालका लागि भारतीय राजदुत रणजी रेको भने मोर्चाका कार्यकर्ताले भव्य स्वागतको तयारी गरेका छन् ।
मोर्चाको योजना अनुसार नै बिहान राष्ट्रपतिले मन्दिरमा पुजा गर्न आउने क्रममा बिरोध गर्ने र साँझ राजदुत रेलाई स्वागत गर्ने तयारी गरेको स्रोतले बतायो ।
पुस १, २०७२- सरकारले भूकम्पबाट घर पूर्ण क्षति भएका परिवारलाई दिइने अनुदानको पहिलो किस्ता वितरणको तयारी थालेको छ ।
सहरी विकास मन्त्रालयले तयार पारेको ‘भूकम्पबाट पूर्णरूपमा क्षति भएका आवास पुनर्निर्माण अनुदान सहायता प्रवाह कार्यविधि’ अनुसार पीडित परिवारले घर बनाउन दुई लाख रुपैयाँ अनुदान पाउँछन् । सोहीअनुसार उनीहरूलाई पहिलो किस्ताबापत ५० हजार रुपैयाँ दिइने भएको हो ।
‘चार लाख ९० हजार घर निर्माणका लागि ५० हजारका दरले २५ अर्ब रुपैयाँ बजेटसहितको कार्यक्रम योजना आयोगमा पठाइसकेका छौं,’ स्थानीय विकास मन्त्रालयका प्रवक्ता पूर्णचन्द्र भट्टराईले भने, ‘स्थानीय विकास अधिकारीको संयोजकत्वमा गठन हुने जिल्लास्थित आवास पुनर्निर्माण समन्वय समितिले रकम भुक्तानी दिनेछ ।’
घर भत्किएका सबै पीडित उक्त सहायताको हकदार छन् । कार्यविधिअनुसार अनुदान पाउन सरकारले तोकेको ढाँचामै घर निर्माण गर्नुपर्छ । दुई लाखभन्दा बढी खर्च लागे आफैं बेहोर्नुपर्छ । भूकम्पपछिको आवश्यकता पहिचानबाट करिब ५ लाख घर पूर्णरूपमा क्षति भएको तथ्यांक आएको छ ।
सबै घरबारविहीन परिवारले सहायता पाए पहिलो चरणमा २५ अर्ब रुपैयाँ खर्च हुन्छ । लामो समयको नाकाबन्दीका कारण कामदार र निर्माण सामग्री अभावलगायत कारणले कतिपय पीडितले अनुदान पाएर पनि तत्काल घर बनाउन नसक्ने अवस्था छ ।
स्थानीय विकास मन्त्रालयले पठाएको कार्यक्रम योजना आयोगले स्वीकृत गरेपछि मात्र बजेट निकासा हुन सक्छ । उक्त प्रक्रिया एक साताभित्र पूरा हुने अधिकारीहरूको भनाइ छ । तर, प्रभावित क्षेत्रमै गएर क्षतिको पुन: यकिन गर्ने हो भने उक्त रकम पीडितका हातमा पुग्न अझै केही साता लाग्ने छ ।
‘दुरुपयोगको जोखिम’
उक्त कार्यविधि लचिलो रहेकाले विज्ञहरूले अनुदान रकम दुरुपयोगको जोखिम औंल्याएका छन् । कार्यविधिमा सुरक्षणका लागि बलियो प्रावधान नराखिएको उनीहरूको भनाइ छ ।
सुरुमा नि:सर्त ५० हजार पाएपछि अन्य सर्त र बन्देज पालना गर्नुपर्ने कारणले रकम लिएर अन्यत्र खर्च गर्ने सम्भावना रहने योजना आयोगका पूर्वउपाध्यक्ष गोविन्द पोखरेलले बताए ।
‘पीडितको चाहना र आवश्यकता बुझेर घर बनाउन प्रतिबद्ध भएपछि मात्र सर्तसहित अनुदान दिनुपर्छ,’ पोखरेलले भने, ‘लालपुर्जा रोक्का गर्ने वा अन्य सरकारी सुविधा कटौती गर्ने चेतावनीजस्ता सुरक्षाका उपाय नअपनाउँदा दुरुपयोगको जोखिम रहन सक्छ ।’ त्यसका लागि फेरि एक पटक घरधुरी सर्वे जरुरी हुने उनको भनाइ छ ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका एक उच्च अधिकारीका अनुसार सरकारी टोलीलाई घर पूर्ण क्षति भएको विवरण टिपाएका परिवारलाई सोझै उक्त रकम दिइने छ । ‘नयाँ घर निर्माणमा प्रवाह भएको रकम सोही काममा उपयोग हुन्छ भन्ने सुनिश्चित गर्ने कुनै आधार कार्यविधिमा राखिएन,’ ती अधिकारीले भने ।
सहरी विकास मन्त्रालयले तयार पारेको कार्यविधिको अनुसूचीमा चार चरणमा अनुदान रकम भुक्तानी र अन्तिममा परीक्षणपछि प्रमाणीकरण गरिने उल्लेख छ । अन्य चरणमा प्राविधिक परीक्षणलाई अनिवार्य गरिए पनि पहिलो चरणमा भने घर भत्किएका परिवारले सोझै ५० हजार पाउने छन् । ‘पहिलो २५ प्रतिशत रकम सम्बन्धित लाभग्राहीको खातामा जम्मा हुने गरी दिने ।
यो रकमबाट जगलगायत संरचनासम्म बनाउने कार्य गर्नुपर्ने छ,’ कार्यविधिमा उल्लेख छ । सहरी विकास मन्त्रालयका प्रवक्ता पदमकुमार मैनालीले भने सहायता अनुदानसम्बन्धी कार्यक्रम नै सुरु नभई दुरुपयोगको शंका गर्न नहुने बताए । ‘सहायता वितरण कार्यविधि संशोधन पनि हुँदैछ,’ उनले भने ।
तथ्यांक नै फर्जी राष्ट्रिय योजना आयोगले गरेको भूकम्पपछिको आवश्यकता पहिचान (पीडीएनए) मा ५ लाख घर पूर्ण भत्केको उल्लेख छ । तर, भूकम्प प्रभावित ८ जिल्लामा गरिएको सर्वेक्षणमा वास्तविक संख्याभन्दा बढी घर भत्किएको तथ्यांक प्रस्तुत भएको भेटिएको छ । धादिङ, नुवाकोट, रसुवा, काभ्रे, ओखलढुंगा, रामेछाप, सिन्धुपाल्चोक र दोलखामा जनगणनाको तुलनामा भत्केका घरसंख्या बढी देखिएको हो
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको छानबिन प्रतिवेदनअनुसार ५ जिल्लामा मात्र ८५ हजार घरधुरी फर्जी देखाइएको छ । रामेछाप, रसुवा र ओखलढुंगामा पनि वास्तविकभन्दा बढी क्षति देखाइएको छ । कम क्षति भएको भनिएको सिन्धुली र मकवानपुरमा समेत वास्तविकको तुलनामा कागजी क्षति बढी देखाइएको छ ।
हाल संकलित तथ्यांक विश्लेषण गर्दा कम्तीमा पनि एक लाख घर फर्जी रूपमा भत्किएको विवरणमा समावेश भएको अख्तियारका अधिकारीहरू बताउँछन् । फर्जी घरकै आधारमा प्रतिपरिवार ५० हजार वितरण गर्दा ५ अर्ब रुपैयाँ दुरुपयोग हुन्छ ।
अख्तियारले शंकास्पद क्षेत्रमा थप प्रमाणीकरणपछि मात्र अनुदान या सहुलियतपूर्ण ऋणबारे निर्णय गर्न सरकारको ध्यानाकर्षण गराएको थियो । सरकारले पूर्णरूपमा घर क्षति भएको परिवारको अस्थायी आवासका लागि १५ हजार रुपैयाँ खर्च गरेको थियो ।
मंसिर २९, २०७२- भूकम्पले घर ढालेपछि चिसोबाट बँच्न पहाडी वस्ती चंखुबाट झरेका तेम्बा शेर्पा फुर्सदमा सिंगटी बजारका बदलिदो स्वरुप नियाल्छन् ।
हिमालको फेदमा रहेको चंखुमा चिसो बढ्दै गएपछि कटेराको बसाईँ असहज हुन थालेकाले उनी उत्तरको चर्चित बजार सिंगटी झरेका हुन् । भूकम्पले दोलखा जिल्लाको सबैभन्दा क्षेती भएको भनिएको सिंगटीमा सञ्चालित निर्माण कार्यमा काम गर्दै उनी गुजरा चलाउछन् । जस्ताको छाना भएको उनको कटेराबाट राती चुहिएको सीतले ओछ्यान भिज्छ । टाँड परेको चित्रा र काठका बारबाट छिरेको सिरोठोले ओठमुख सुक्छ । हिऊ पर्ने बेला भएकोले ज्यान बँचाउन सिंगटी झरेको तेम्बाको भनाई छ । ‘चिसोले बच्चा र परिवार बिरामी भैरहने समस्याले परिवारसहित सिंगटी झरेँ,’ तेम्बाले भने ।
करिब २५ सय मिटरबाट ओर्लिएर ११ सय मिटर उचाईमा रहेको सिंगटी बस्दा उनलाई सजिलै छ । हुन त स्थायी संरचना पूर्ण रुपमा ध्वस्त सिंगटीका सबैजसो नयाँ बनेका टहराहरु जस्तापाताकै छन् । निर्माणको चरणमा तीब्र गतिमा अघि बढेको सिंगटीमा दैनिक ज्यालादारी काम पाउने भएकाले तेम्बालाई न्यानोका साथै परिवार पाल्न सजिलै छ ।
सिंगटीमा करिब डेढ सय पसल राख्न मिल्ने कौलसहितको टहरा बनिसकेका छन् । अरु पनि धमाधम निर्माण कार्य भैरहेको छ । भूकम्पले अत्यधिक क्षेती पुर्याएको सिंगटीमा पनि चिसोको समस्या नभएको हैन । तर खोला किनारको बेशी भएकाले हिमाली र उच्च पहाडी क्षेत्रको जस्तो कठ्याङ्ग्रिने चिसो हुँदैन् । राती भने यो बजारको तापक्रम निकै तल झर्छ ।
सुनखानी केन्द्रविन्दु भएर बैशाख २९ गते गएको भूकम्पको झड्काले सिंगटीलाई तहसनहस पारेको हो । यो सुनखानीको छिमेकी क्षेत्र भएकाले पनि बढी क्षति पुगेको अनुमान छ । अहिले पुरानै स्वरुप र शैलीमा बजार बस्न थालेपछि उत्तरी क्षेत्रका उच्च पहाडबाट जाडो छल्न आउनेहरु यहाँ बढेको देखिन्छ ।
उपचारका लागि यो बजार ल्याउदै गर्दा गतसाता १९ बर्षिया सोनी तमाङको चिसोले निमोनियाबाट निधन भयो । लादुकको उच्च पहाडी इलाकाबाट ल्याइएको त्यो विरामीलाई चिसो गडेर निमोनिया देखिएको उनका आफन्तले बताए । मृतकको आफन्तहरुले घर छेवैको सरकारी स्वास्थ्य केन्द्रमा चिकित्सक नभेटिएपछि सिंगटी बजार ल्याउनु परेको दु:खेसो पोखे ।
युवा अवस्थामा चिसोले ज्यान गुमाउनु परेको दु:खद घटनाको रेकर्ड जिल्ला स्वास्थ्य कार्यालयसँग छैन । जिल्ला स्वास्थ्य कार्यालयलाई लादुकका स्वास्थ्यकर्मी तालिममा गएका बेला युवती विरामी परेको सम्म जानकारी छ । अत्याधिक चिसो हुने जिल्लाका उत्तरी क्षेत्रहरुमा स्वास्थ्यकर्मी नभेटिने गुनासो छ । औषधि पनि अभाव हुँदै गएकाले उत्तरका भूकम्प पीडितहरु झन दु:खको मारमा परेको बताउँछन् । स्वास्थ्यकर्मीहरु सम्बन्धित स्वास्थ्य केन्द्रमै बसेर काम गरिरहेको बताउँने जिल्ला स्वास्थ्य प्रमुख माधवप्रसाद लम्साल नाकाबन्दीले औषधि अभाव हुँदै गएको भने स्वीकार्छन् ।
राज्यको आधारभूत सुविधाबाट बञ्चित सिंगटी क्षेत्रका वासिन्दाहरु चिसोको मारसँगै स्वास्थ्य उपचार, स्तरीय शिक्षा, सरकारी सेवाबाट बञ्चित हुँदै गएका छन् । सिंगटी बजारमै पशु र कृषिका सेवा केन्द्रहरुमा कर्मचारी भेटिंदैनन् । दुवै सेवा केन्द्रका जमिनहरु भूकम्पपीडितहरु बसेका छन् । हिमाली र उच्च पहाडी इलाकाबाट झरेका उनीहरु आवश्यकता परे सेवा केन्द्रको जमिन छाड्न तयार छन् । जिल्ला कृषि कार्यालयका अनुसार कार्यालय भवन नभएकाले कर्मचारीहरु नियमित बसेर काम गर्न नसकेका हुन् । कृषिको नासुस्तरको कर्मचारी यहाँको सेवा केन्द्रमा छ तर उनी सदरमुकामबाट बेलाबेलामा आउने जाने गरेर सेवा केन्द्रको काम धन्छन् ।
सिंगटी जिल्लाको डेढ दर्जन गाविसको पायक पर्ने बजार हो । भूकम्प जानेवित्तिकै यो बजारबाट आवास र व्यापारिक भवनहरु छाडेर मानिसहरु हिडेका थिए । भूकम्पले भत्किएका घरहरुमा मृत मानिसका शरीर, पशुपक्षिंका मासु गन्हाएकाले विरक्तिदै विस्थापित मानिसहरु पुन: फर्किएर पुरानै व्यवसाय सञ्चालन गर्न थालेका छन् ।
सिंगटीबाट चर्चित माथिल्लो तामाकोसी जलविद्युत् आयोजना, गौरीशंकर संरक्षण क्षेत्र र चर्चित पदयात्रा क्षेत्र रोल्वालिङ उपत्यकामा प्रवेश हुन्छ । त्यसैले जाडो छल्न र व्यवसाय सुरु गर्न भूकम्पपछि सिंगटीमा वसोवास गर्नेहरु बढिरहेका छन् ।
पीडाका बीच पनि बजारमा ठूला आवाजमा घन्काइएका गीतसंगीत सुन्दै मानिसहरु किनमेलमा देखिन्छ । करिब १५ जनाको ज्यान गएको, करिब २० जना सख्त घाइते भएको सिंगटीबाट विस्थापितहरु फर्किरहेको व्यापारी बुक्तम तमाङ बताउँछन् । अब यहाँ सबै खालका उपभोग्य सामाग्री पाउन थालिएको उनले बताए ।
करिब ५० हजार मानिसहरुको किनमेल गर्ने मूख्य बजार सिंगटीबाट सञ्चालन हुने कतिपय सडक मार्गहरु पनि विग्रेकाले समस्या छ । राहत सामाग्री ढुवानी गर्न र विरामी परेमा स्वास्थ्य केन्द्र आउन पनि समस्या छ । भूकम्पले क्षेती पुर्याएको लामावगरसम्मको मार्गमा अझै मोटर नचलेकाले तिब्बती सिमाक्षेत्रवासी अझै राज्यको सूचना र सेवाबाट बेखवर छन् । सिमा क्षेत्रका कतिपय वस्तीहरुमा गाविस सचिवसमेत पुग्न नसकेको अवस्था छ । सरकारी सेवासुविधाबाट वञ्चित कतिपय परिवार सिंगटी र कतिपय परिवार सदरमुकाम चिरकोट पनि आएका छन् । हिमाली र उच्च पहाडको घरगृहस्थी छाडेर आएका परिवार ज्यामि काम र सानोतिनो व्यवसाय सञ्चालन गरेर सदरमुकाममै बस्न थालेको पनि पाइएको छ ।
हिमाली जिल्ला दोलखाको हिमाली क्षेत्रहरु चिसोको मारमा परिसकेको छ । तर राज्यले न्यान्योका लागि दिने भनेको प्रति परिवार १० हजार रुपैयाँ अझै वितरण गर्न सकेको छैन् । गाविस सचिवहरु अपुरो रकम आएकाले वितरणमा समस्या देख्छन् । हाल सरकारले करिब ५० हजारलाई पुग्नेगरी ५० करोड निकासा गरेको छ । दोलखामा करिब ८५ करोड रकम आवश्यकता छ । प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले न्यानोका लागि निकासा भए जति सबै रकम जिल्ला विकास समितिमार्फत गाविसहरुमा पठाइएको बताए । थप रकमका लागि माग गरिएको तर कुनै जानकारी नआएको उनले बताए ।
काठमाण्डु, २९ मंसिर– आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले राष्ट्रपति विद्यादेवी भण्डारीलाई जनकपुर प्रवेशमा रोक लगाएको छ । रामजानकी विवाह महोत्सवमा सहभागी हुन राष्ट्रपति भण्डारी बुधबार जनकपुर जाने कार्यक्रम छ । मोर्चासहित आन्दोलनरत संयुक्त युवा संघर्ष समिति, मधेस अधिकार संघर्ष समिति र नागरिक अगुवाको मंगलबार साँझ बसेको संयुक्त बैठकले भण्डारीलाई जनकपुर प्रवेश निषेध गर्ने निर्णय गरेको हो । मोर्चा घटक सदभावना पार्टीका धनुषा अध्यक्ष सञ्जयकुमार सिंहले जुनसुकै मूल्य चुकाएर भए पनि भण्डारीलाई जनकपुर आउन नदिइने चेतावनी दिए । मोर्चाले राष्ट्रपतिविरुद्धको प्रदर्शनका लागि गाउँगाउँका कार्यकर्तालाई जनकपुर आउन निर्देशनसमेत दिएको छ । यसैबीच मोर्चा कार्यकर्ताले मंगलबार साँझ जनकपुरस्थित गंगाशागरमा रहेको स्मसानघाटमा राष्ट्रपतिको पुत्ला दहन गरेका छन् ।
काठमाण्डु, २९ मंसिर– सरकारले पेलेरै जान खोजेपछि मधेसी मोर्चाको कडा प्रतिक्रिया सरकारले पेलेरै जान खोजेपछि मधेसी मोर्चाको कडा प्रतिक्रिया काठमाण्डु, २९ मंसिर–संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकार र प्रमुख तीन दल मिलेर संसदलाई व्यारेकमा परिणत गरेको आरोप लगाएको छ । आफ्नो असहमतिबीच मंगलबारको संसद बैठकमा भूकम्पबाट क्षति भएको संरचनाहरुको पुनर्निर्माण विधेयक र संविधान संशोधन विधेयक पेश भएपछि मोर्चाले कडा प्रतिक्रिया दिएको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मोर्चा घटक सदभावना सह–अध्यक्ष महन्थ ठाकुरले सत्तापक्ष र प्रमुख प्रतिपक्षी काँग्रेसले निरंकुश चरित्र प्रदर्शन गरेको आरोप लगाए । ‘सरकार र तीन दलले संसदलाई व्यारेकमा परिणत गरेका छन्’, कर्णले भने, ‘आफूलाई लोकतान्त्रिक दाबी गर्ने काँग्रेससमेत संसदीय परम्परा विरुद्ध उभिएको छ ।’ कर्णले एक जनाले विरोध गरेको अवस्थामा समेत संसदको कारबाही अघि नबढ्ने संसदीय परम्परा तोडिएको बताए । सरकार आफूहरुलाई पेलेरै जाने रणनीतिका साथ अघि बढेको भन्दै सरकार सँग जारी वार्ता प्रक्रिया अनिश्चित भएको टिप्पणी गरे । उनले वार्ता र संसद बैठकमा सहभागी हुने नहुनेबारे मोर्चाको बैठक बसेर तय गरिने जानकारी दिए ।
मंसिर २९, २०७२- वरुणेश्वर–८, टेकानपुरकी देशमाया विश्वकर्माको परिवारमा सात सदस्य छन् । तीनवटा स–साना नातिनातिना छन् । बाँसको चित्राले बारेको कटेरोमा सात महिना हुन लाग्यो बसेको । ओढ्ने लुगा पर्याप्त छैन । भएको थाङ्नो र टाला बटुलेर ओढ्ने गर्छन् ।
‘सरकारले न्यानो कपडाका लागि पैसा दिन्छन् रे भन्ने सुनेको थिएँ,’ देशमायाले भनिन्, ‘खै अहिलेसम्म चुपचाप छन् । जता सोधे पनि पैसा आएकै छैन भन्छन् ।’ घर भत्किएपछि गरिखाने मेलोको रुपमा रहेको आरन पनि भत्कियो । अहिले पालमुनि आरान सारेका छन् । आरनमै खाना पकाएर खाने गरेको देशमायाको परिवार साँझ अबेरसम्म आगो तापेर बिताउँछन् ।
‘कतिखेर उज्यालो होला र घाम लाग्ला भन्ने मात्र मनमा हुन्छ,’ उनले भनिन्, ‘हुनेखानेलाई त के थियो र हामी गरिबलाई नै झन गाह्रो भो ।’ टेकानपुरकै रमेशबहादुर विश्वकर्माको पनि दुई छोरा, एक छोरी, श्रीमती र बहिनी गरेर छ जनाको परिवार छ । उनको समस्या पनि देशमायाको भन्दा फरक छैन ।
पहिले लिएको १५ हजार राहत त्यतिखेर चामल, दाल किन्दैमा सकिएको उनले बताए । राहतको रुपमा पाएको पाल पनि च्यातिएपछि छिमेकीकोबाट मागेर ल्याएको पालमाथी बाँसको चित्रा राखेर बस्दै आएका छन् ।
‘सानोदेखि ठूलो सबैलाई चिसोले सताएको छ,’ रमेशले भने, ‘रुघाखोकीले दुई महिनादेखि कसैलाई छोडेको छैन । शित चुहिएर सिरक रातभरिमा भिज्छ ।’ देशमाया र रमेश मात्रै होइनन् । टेकानपुर गाउँमा २१ घर दलितहरु छन् । उनीहरुको अवस्था एकनासे छ । ‘सरकारले न्यानो कपडाको लागि दिने भनेको पैसा आईहालेमा निकै राहत हुने थियो,’ स्थानीय डम्बर विकले भने, ‘आशा देखाएर राहत सम्झिँदै रात काट्नुभन्दा कि त नदिने भने पनि ढुक्कै हुने थियो ।’
जिल्लाभित्र ३२ हजार ५ सय घर भुकम्पको कारण भत्किएको तथ्यांक यसअघि संकलन भएको थियो । हाल पुनर्मूल्यांकनका लागि निवेदन परेको छ हजार घरधुरीमा पुन: प्राविधिक पठाइएको छ । पुनर्मूल्यांकनको अन्तिम नतिजा आई नसकेको जिल्ला दैवी प्रकोप उद्दार समितिले जनाएको छ । न्यानो कपडाका लागि भने पैसा आईसकेको निमित्त प्रमूख जिल्ला अधिकारी ओम सुवेदीले बताए ।
‘पैसा आईसकेको छ । अब तुरुन्तै वितरण शुरु हुन्छ,’ सुवेदीले भने । पीडितहरुले भने रकम वितरणमा ढिलाई भएको गुनासो गरेका छन् । खासगरि लेकाली गाविसहरु कटुन्जे, विलन्दु, श्रीचौर, पात्ले, जन्तरखानी, खिजीफलाटे, खिजीकाती, रगनी लगायतका गाविसका भुकम्प पीडितहरु सबैभन्दा बढी चिसोको मारमा छन् ।
मंसिर २८, २०७२- अमेरिकाका पूर्व राष्ट्रपति अब्राहम लिंकनको प्रजातन्त्रबारे भनाई विश्वप्रसिद्ध छ । उनले भनेका थिए– ‘प्रजातन्त्र भनेको ‘अफ द पिपल, बाई द पिपल र फर द पिपल (जनताको, जनताद्वारा र जनताका लागि) हुने शासन हो ।’
सोमबार नेपाली फिल्मका महानायक राजेश हमालले लिंकनको यो भनाईको नयाँ ढंगले व्याख्या गरिदिए । राजधानीमा अयोजित कार्यक्रममा हमालले नेपालको परिप्रेक्ष्यमा लिंकनको परिभाषालाई फरक ढंगले हेर्नुपर्ने भन्दै भने– ‘हाम्रोमा डेमोक्रेसी इज द गर्भमेन्ट अफ द पिपुल (जनताबाट टाढा), बाई द पिपुल (जनता किनेर) र फार द पिपुल (जनताबाट टाढा) हो ।’
‘पोजेटिभ लिडरसिप’ बारे रसियन कल्चर सेन्टरमा आयोजित कार्यक्रममा उनले सही नेताले सही मान्छेलाई सही ढंगबाट संयोजन गर्नसक्नु पर्ने बताए । ‘तर, हाम्रोमा यस्तो भइरहेको देखिदैन,
’ उनले भने । ‘म नेपाली हाम्रो नेपाल’ले संयोजन गरेको कार्यक्रममा उनले भने, ‘संविधान जारी हुनुअघि र पछि मुलुकमा उत्पन्न राजनीतिक संकट, भारतको नाकाबन्दी र जनताले पाएको दु:ख हेर्दा हाम्रा नेताहरुको नेतृत्व क्षमतामाथि प्रश्न उठेको छ ।’ राजनीतिमाथि टिप्पणी गर्दै उनले भने, ‘जो नेता पदमा हुँदा आफूले सबै कुरा जानेको छु भन्ठान्छ, ऊ समस्यामा पर्छ ।’ हमालले पहिलो संविधानसभा निर्वाचनको प्रसंग कोट्याउँदै भने, ‘पहिला प्रचण्डजी, बाबुरामजी भनेर कतिजना ज्यान फालेर लागे, अब लाग्दैनन् । किनकी जनता त्यसबेला ती नेताका पछि लागेका थिएनन्, उनीहरुको आवाजको पछि लागेका थिए । जनता र उनीहरुको आवाज एउटै थियो । तर अहिले त्यो परिवर्तन भएको छ । उनीहरुले कुनै आमसभा गर्यो भने अब पैसा तिरेर मान्छे ल्याउनु पर्ने हुन्छ ।’ कार्यक्रममा अभिनेत्री निशा अधिकारीले हामी सबैमा जन्मदै नेतृत्व क्षमता हुने बताउँदै आपैंmले आफ्नो जीन्दगीलाई नेतृत्व गर्दै अघि बढ्दै गइने बताइन् । कार्यक्रममा कानुनविद् भिमार्जुन आचार्य, बैंकर अनिल शाहलगायतले पनि बोलेका थिए ।
’ उनले भने । ‘म नेपाली हाम्रो नेपाल’ले संयोजन गरेको कार्यक्रममा उनले भने, ‘संविधान जारी हुनुअघि र पछि मुलुकमा उत्पन्न राजनीतिक संकट, भारतको नाकाबन्दी र जनताले पाएको दु:ख हेर्दा हाम्रा नेताहरुको नेतृत्व क्षमतामाथि प्रश्न उठेको छ ।’ राजनीतिमाथि टिप्पणी गर्दै उनले भने, ‘जो नेता पदमा हुँदा आफूले सबै कुरा जानेको छु भन्ठान्छ, ऊ समस्यामा पर्छ ।’ हमालले पहिलो संविधानसभा निर्वाचनको प्रसंग कोट्याउँदै भने, ‘पहिला प्रचण्डजी, बाबुरामजी भनेर कतिजना ज्यान फालेर लागे, अब लाग्दैनन् । किनकी जनता त्यसबेला ती नेताका पछि लागेका थिएनन्, उनीहरुको आवाजको पछि लागेका थिए । जनता र उनीहरुको आवाज एउटै थियो । तर अहिले त्यो परिवर्तन भएको छ । उनीहरुले कुनै आमसभा गर्यो भने अब पैसा तिरेर मान्छे ल्याउनु पर्ने हुन्छ ।’ कार्यक्रममा अभिनेत्री निशा अधिकारीले हामी सबैमा जन्मदै नेतृत्व क्षमता हुने बताउँदै आपैंmले आफ्नो जीन्दगीलाई नेतृत्व गर्दै अघि बढ्दै गइने बताइन् । कार्यक्रममा कानुनविद् भिमार्जुन आचार्य, बैंकर अनिल शाहलगायतले पनि बोलेका थिए ।
मुस्ताङ, २७ मंसिर – हिमाली जिल्ला मुस्ताङमा चिसो बढेसँंगै विद्यालयहरुले पठनपाठन बन्द गराएका छन् । उपल्लो मुस्ताङका छ गाविसमा सञ्चालित विद्यालयले भने कास्कीको विभिन्न स्थानमा घुम्ती कक्षा सञ्चालन गरिरहेका छन् । चिसोसँगै विद्यार्थी विद्यालय जान र अध्ययन गर्न नसक्ने अवस्था सिर्जना हुन थालेपछि यही मंसिर २५ गतेदेखि जिल्लाभर सञ्चालित विद्यालयको पठनपाठन बन्द भएको जिल्ला शिक्षा अधिकारी केशरीरमण न्यौपानेले जानकारी दिए । न्यौपानेका अनुसार, पुस र माघ महिना पठनपाठन नहुने गरी विद्यालय बन्द भएका हुन् । पछिल्लो एक हप्तामा जिल्लामा अत्यधिक चिसो बढेको छ । सदरमुकाम जोमसोम लगायत क्षेत्रमा सर्वसाधारण आगो तापेर बस्न बाध्य भइरहेका छन् । ‘जाडोमा विद्यालय सञ्चालन गर्न कठिन छ ।’ उनले भने, ‘हरेक वर्ष हामीले दुई महिना हिउँदे बिदा दिने गरेका छौं ।
मंसिर २६, २०७२- सत्तारुढ एमालेका नेता, कार्यकर्ता र नातागोता चीन भ्रमणमा गएका छन् । एक महिनामै तीनवटा टोली चीन भ्रमणमा गएका छन् । तीमध्ये साताव्यापी भ्रमण पूरा गरेर एउटा टोली फर्किएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टीसँगको कार्यकर्ता आदान प्रदान कार्यक्रम अन्तर्गत एमालेले पठाएको टोलीमा महासचिव ईश्वर पोखरेलले एकलौटी गरेका छन् । छलफल नगरी आफूनिकटलाई पठाएको भन्दै पार्टीभित्र असन्तुष्टि सुरु भएको छ ।
तीब्बत, बेइजिङलगायतको भ्रमणमा मंसिर १ गते गएको टोलीमा अधिकांश पोखरेलका नातागोता र उनको समूहका नेता कार्यकर्ता छन् । टोली तिव्वत, संघाई र वेजिङको विकासको अवलोकनका लागि चीन गएको हो ।
भ्रमण टोलीमा पोखरेलका कान्छा छोरा स्वराज, सांसद श्रीमती मिराका पीए लोकेन्द्र केसी, पोखरेलका सहयोगी नारायण सिलवाल, पोखरेलका सालाका छोरा सुरज ध्वजू, स्वकीय सचिव दीपेन्द्र श्रेष्ठका भाइ सविन्द्र, नेतृ मेनुका पछाईं छन् ।
महासचिव पोखरेलले व्यक्तिगत सिफारिसमा सामुदायिक वन उपभोक्ता महासंघकी महासचिव भारती पाठक, चितवनकी एमाले नेतृ पार्वती रावल, युवा संघका महासचिव किरण पौडेल, युवा संघका सचिव नरेश शाही, सचिवालय सदस्य रविन थापा, अनेरास्ववियुका कोषाध्यक्ष रश्मी आचार्य, प्रवक्ता आरसी लामिछाने, सचिवालय सदस्य समिक बडाल, अखिलका नेताहरू भाष्कर खनाल, हरि लिम्बू, एमाले रामेछापका सचिव आनन्द श्रेष्ठ, एमाले पर्साका सचिवालय सदस्य अरविन्द सिंह, एमाले पत्रकार रामशरण बजगाईं र पार्टी सचिव पृथ्वीसुब्बा गुरुङकी छोरी एसिला पनि गएकी छन् ।
एमाले पोलिटब्युरो सदस्य भानुभक्त ढकाल नेतृत्वको अर्को टोली मंसिर ९ गते सातदिने भ्रमणमा चीन पुगेर फर्किएको छ । भ्रमण टोलीमा माधव नेपालनिकट वैकल्पिक केन्द्रीय सदस्य माधव अर्यालबाहेक अधिकांश एमालेको संस्थापन समूहका छन् । संस्थापन समूहका वैकल्पिक केन्द्रीय सदस्य खेम लोहनी, केन्द्रीय सदस्य सुजिता शाक्य, बिना श्रेष्ठ, महासचिव पोखरेलका पीए दीपक केसी, कञ्चनपुरका एमाले नेता तारा लामा तामाङ, अछामका एमाले नेता शेरबहादुर कुँवर, धादिङ अध्यक्ष भूमि त्रिपाठी गएका थिए ।
यस्तै एमाले युवा नेता निरज आचार्य, पूर्वसांसद सुवास कर्माचार्य, भक्तपुर उपाध्यक्ष वचन देउजा, दोलखा अध्यक्ष ईश्वरचन्द्र पोखरेल, रामेछापका नेता कैलाश ढुंगेल, काठमाडौं सचिव विद्यासुन्दर शाक्य र अनेरास्ववियुका अध्यक्ष किशोरविक्रम मल्ल गएका थिए । उनी फर्किसकेका छन् । भूकम्प वेला एमालेले राष्ट्रिय स्वयं सेवक परिचालनको संयोजक गोकर्ण विष्टको नेतृत्वमा गरेको थियो । तर भूकम्पको अध्ययन गर्न चीन पठाउँदा ढकालको नेतृत्व पठाएको थियो । एमालेका दुई टोली चीन नपुग्दै पार्टी पोलिटब्युरो सदस्य लालबाबु पण्डित नेतृत्वको टोली बेइजिङ पुगेको छ ।
टोलीमा एमाले नेताहरू जगदीश कुसियत, भगवती चौधरी, श्रीप्रसाद साह, उपत्यका ईञ्चार्ज सानुकुमार श्रेष्ठ, गोरखबहादुर बोगटी, मना केसीलगायत पनि चीन पुगेका छन् । चीनबाट आएका भ्रमण निम्तो दुरुपयोग भएको भन्दै स्थायी कमिटी बैठकमै प्रश्न उठाइएको छ । नेताहरूले स्थायी कमिटी बैठकमा चीन भ्रमण टोली पठाउँदा छलफल नगरिएको भन्दै असन्तुष्टि जनाएका थिए । तर, महासचिव पोखरेलले अर्को बैठकमा छलफल गर्ने भन्दै तर्किएको स्रोतले जनाएको छ ।
प्रचार विभाग प्रमुखसमेत रहेका पार्टी सचिव योगेश भट्टराईले एकपछि अर्को टोली चीन गए पनि पार्टीको सिफारिस र निर्णय नभएको बताए ।
काठमाण्डु, २१ मंसिर– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १२ पूर्वमन्त्रीसहित २९ जना प्रभावशाली व्यक्तिविरुद्ध पदीय हैसियत दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको आरोपमा छानबिन थालेपछि सत्तारुढ एमाले र एकीकृत माओवादीमा खैलाबैला मच्चिएको छ ।
अख्तियारको निर्देशनमा ती सबै २९ जनाको बैंक लकर आइतबारदेखि बन्द छ । अख्तियारले पत्र पठाएर २९ जनालाई नै बयानका लागि बोलाएकोछ । एमाले र एमाओवादी दुवैले अख्तियारको कदमलाई राजनीतिक प्रतिशोधको संज्ञा दिएका छन् ।
अख्तियारले पूर्वमन्त्रीमध्येबाट एमाओवादीका महासचिव कृष्णबहादुर महरा र ल्हारक्याल लामा, एमालेका राजेन्द्र पाण्डे, सुरेन्द्र पाण्डे र वंशीधर मिश्रलाई छानबिनको दायरामा पारेको छ ।
अख्तियारले एमाले सांसद एवं ठेकेदारद्वय इच्छाराज तामाङ र जनार्दन ढकाल तथा पूर्वसांसद विजय पौडेललाई समेत पत्र काटेको छ ।
के भन्छन् त एमाले र एमाओवादी ?
एकीकृत माओवादी र एमालेको बुझाइमा संविधान निर्माणमा भारतीय दबाबको बेवास्ता गरिएको बदलामा भारतले लोकमानमार्फत बदला लिएको हो ।
अख्तियारले पत्र काटेका एमाले नेता एवं सांसद् राजेन्द्र पाण्डेले अख्तियारले विदेशीहरुको निर्देशनमा देशभक्तहरुलाई अपमान गरेको आरोप लगाए । उनको संकेत अख्तियार प्रमुख लोकमानसिंह कार्कीले छिमेकी भारतको निर्देशनमा काम गरेको तर्फ थियो ।
‘जसलाई विगतदेखि नै विदेशी दलाल भनियो, जसले जनआन्दोलन दबाउन भूमिका खेल्यो, उसैलाई अख्तियार प्रमुख बनाइयो’, पाण्डेले काठमाण्डु टुडेसँग भने, ‘मैले विदेशी दलाललाई अख्तियारको जिम्मा दिनुहुन्न भनेर उतिबेलै विरोध गरेको थिएँ ।’
आफूले भारतीय नाकाबन्दीको विरोध गरेको, काठमाण्डु–निजगढ फाष्ट्ट्रयाक निर्माणको ठेक्का विदेशीलाई दिएर राष्ट्रघाती काम गर्न हुन्न भनेको र भारतले नाकाबन्दी गरेपछि चीनबाट इन्धन आयात गरी नेपाली जनतालाई राहत दिनुपर्छ भनेका कारण अख्तियारले प्रतिशोध साँधेको दाबी पाण्डेको छ ।
‘देशभक्तिपूर्ण सोच भएकाहरुमाथि छानीछानी कारबाहीको तयारी अख्तियारले होइन विदेशी दलालले गरेको हो’, पाण्डेले भने, ‘विदेशी भूमिबाट निर्देशित भएर राष्ट्रवादीहरुको अपमान गर्ने काम भएको छ ।’
उनले आफूसहित आफ्नो पार्टीका सबै नेता अख्तियारको अभियोगको सामना गर्न तयार रहेको बताए । उनले अभियोग प्रमाणित गरेर देखाउन चुनौती दिए ।
एकीकृत माओवादीले पनि अख्तियारको कदमलाई भारतीय ‘डिजाइन’ भनेको छ । एमाओवादी केन्द्रीय सदस्य हेमराज भण्डारीले नेपालमा भारतीय चलखेलविरुद्ध उभिने राजनीतिक नेतृत्वमाथि निशाना बनाइनुलाई आफ्नो पार्टीले गम्भीर रुपमा लिएको बताए ।
‘अहिले जसजसलाई भ्रष्टाचारी करार गर्न खोजिँदैछ ती सबै अख्तियार प्रमुखमा लोकमानसिंह कार्कीको नियुक्ति हुन नहुने भन्नेमा थिए र भारतीय नाबाबन्दीविरुद्ध उभिएका छन्’, भण्डारीले काठमाण्डु टुडेसँग भने, ‘हामी स्पष्ट छौं कि कसैले भ्रष्टाचार गरेको पुष्टि भए कारबाही हुनुपर्छ, तर अख्तियारको कदम नेताहरुको राजनीतिक भविष्य ‘ड्यामेज’ गर्नेतिर लक्षित छ ।’
पाँच आयुक्तले अख्तियारभित्रै भ्रष्टाचार रहेको भन्दै प्रधामन्त्री केपी ओलीलाई भेटेर लोकमानको कार्यशैलीप्रति सन्तुष्टि जनाएको केही दिनभित्रै पत्र काटिनुलाई संयोग मात्र भन्न नमिल्ने तर्क भण्डारीको छ ।
काठमाडौँ, साउन ११– नेपालमा एफएम रेडियोको सङ्ख्या ६३८ पुगेको छ । सूचना तथा सञ्चार मन्त्रालय श्रव्यदृश्य प्रसारण शाखाका अनुसार असार मसान्तसम्ममा ६३८ एफएम रेडियोले सञ्चालनका लागि अनुमतिपत्र लिएका छन् । तीमध्ये ५४७ रेडियो नियमित सञ्चालनमा रहेका छन् ।
बाँकी ९१ एफएम रेडियोहरू विविध कारणले सञ्चालनमा आएका छैनन् । असार महिनामा मात्र १२ वटा एफएम रेडियोले अनुमति पाएका छन् । सामुदायिक रेडियो प्रसारण सङ्घका अध्यक्ष मोहन चापागाई एकै सहर वा गाउँमा धेरैवटा एफएम रेडियो खोल्नुभन्दा पनि एउटा पनि नभएको ठाउँमा खोल्नु स्वाभाविक मान्न सकिने धारणा राख्नुहुन्छ । रेडियोको सङ्ख्यामा वृद्धि भए तापनि त्यसको स्थायित्वमा चुनौती देखिएको उनको अनुभव छ । सरकारले विसं २००७ मा रेडियो नेपाल सञ्चालनमा ल्याएको थियो ।
त्यसपछि निजी क्षेत्रबाट २०५४ सालमा रेडियो सगरमाथा सञ्चालन आयो । निजी क्षेत्रबाट २०५४ सालमा एफएम रेडियो प्रसारणको सुरुवात भएसँगै ६० को दशकमा ती एफएम रेडियोको सङ्ख्यामा अत्यधिक वृद्धि भएको सञ्चार मन्त्रालयको तथ्याङ्कबाट देखिन्छ । सूचना तथा सञ्चार मन्त्रालयका उपसचिव यदुप्रसाद पन्थीले भने – “नेपाल लोकतान्त्रिक मुलुक भएको नाताले निजी क्षेत्रबाट एफएम सञ्चालन गर्न सरकारले प्रोत्साहन गर्न सक्छ, तर त्यसको स्थायित्व र गुणस्तरका बारेमा भने निजी क्षेत्र स्वयम् नै जिम्मेवार हुनुपर्छ ।” ब्रोडकास्टिङ एसोसिएसन अफ नेपालका अध्यक्ष गोपाल झाले दिनमा १२÷१३ घन्टा विद्युत् भार कटौती हुने र विज्ञापनको बजारसमेत कमजोर भएको मुलुकमा ६३८ वटा एफएम रेडियोको आवश्यकता नहुने बताए ।
बनेपा, साउन ११– राजु लामा फाउन्डेसनले काभ्रेपलाञ्चोकमा रहेका भूकम्प प्रभावित विभिन्न सातवटा विद्यालयमा स्टेसनरी सामग्री वितरण गरेको छ । गायक लामाद्वारा स्थापित उक्त फाउन्डेसनले जिल्लाको रोशी उच्चमाध्यमिक विद्यालय, कानपुर उच्चमाध्यमिक विद्यालय, गौतमनाथ प्राथमिक विद्यालय, कालीजङ्ग प्रावि, खडादेवी प्रावि, अमरनाथ प्रावि र भगवति प्राविमा करिब एक हजार ५०० विद्यार्थीका लागि रु एक लाख बराबरको कापी, पेन्सिल र डटपेन वितरण गरेको हो ।
अमेरिकाको न्युयोर्कमा गरेका विभिन्न कार्यक्रम गरी सङ्कलन गरेको रकम शिक्षा क्षेत्रमा लगानी गरेको जानकारी गायक लामाले दिए । ती कार्यक्रमबाट झन्डै ३५ हजार डलर सङ्कलन भएको थियो । उहाँका अनुसार त्यसमध्ये रु १७ लाख सिन्धुपाल्चोकमा झोलुङ्गे पुल बनाउन र अन्य केही विद्यालयमा लगानी भएको बताए । त्यस्तै, चाइल्ड स्पेस नेपालले विद्यालयको भौतिक पूर्वाधारका लागि करिब रु १४ लाख लगानी गरेको छ । काभ्रेपलाञ्चोकको कटुञ्जेबेँसी गाविसमा रहेको रोशी उच्च माविमा रु आठ लाख र कानपुर उच्च माविमा रु चार लाख लगानी भएको संस्थाका अध्यक्ष टासी लामाले जानकारी दिए ।










