काठमाण्डु, २९ मंसिर– सरकारले पेलेरै जान खोजेपछि मधेसी मोर्चाको कडा प्रतिक्रिया सरकारले पेलेरै जान खोजेपछि मधेसी मोर्चाको कडा प्रतिक्रिया काठमाण्डु, २९ मंसिर–संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकार र प्रमुख तीन दल मिलेर संसदलाई व्यारेकमा परिणत गरेको आरोप लगाएको छ । आफ्नो असहमतिबीच मंगलबारको संसद बैठकमा भूकम्पबाट क्षति भएको संरचनाहरुको पुनर्निर्माण विधेयक र संविधान संशोधन विधेयक पेश भएपछि मोर्चाले कडा प्रतिक्रिया दिएको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मोर्चा घटक सदभावना सह–अध्यक्ष महन्थ ठाकुरले सत्तापक्ष र प्रमुख प्रतिपक्षी काँग्रेसले निरंकुश चरित्र प्रदर्शन गरेको आरोप लगाए । ‘सरकार र तीन दलले संसदलाई व्यारेकमा परिणत गरेका छन्’, कर्णले भने, ‘आफूलाई लोकतान्त्रिक दाबी गर्ने काँग्रेससमेत संसदीय परम्परा विरुद्ध उभिएको छ ।’ कर्णले एक जनाले विरोध गरेको अवस्थामा समेत संसदको कारबाही अघि नबढ्ने संसदीय परम्परा तोडिएको बताए । सरकार आफूहरुलाई पेलेरै जाने रणनीतिका साथ अघि बढेको भन्दै सरकार सँग जारी वार्ता प्रक्रिया अनिश्चित भएको टिप्पणी गरे । उनले वार्ता र संसद बैठकमा सहभागी हुने नहुनेबारे मोर्चाको बैठक बसेर तय गरिने जानकारी दिए ।
सरकारले पेलेरै जान खोजेपछि मधेसी मोर्चाको कडा प्रतिक्रिया
0 comments
Write Down Your Responses