काठमाण्डु, २ पुस – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलका महानिरीक्षक कोषराज वन्तलाई तत्काल निलम्बन गर्न सरकारलाई सिफारिस गरेको छ ।
सशस्त्र प्रहरी बलको विभिन्न सामग्री खरिदपछि ढुवानी गर्ने कार्यमा ठेक्का प्रक्रिया अगाडि बढाउँदा झुट्ठा बिल भर्पाई बनाई राज्य कोषको दुरुपयोग गरेको पाइएको दलिलसहित तत्काल निलम्बन गर्न आयोगले सरकारलाई सिफारिस गरेको हो ।
आर्थिक वर्ष २०६९/७० र २०७०/७१ मा विभिन्न समयमा मुलुकभर रहेका सशस्त्र प्रहरीको विभिन्न युनिटमा सामान ढुवानी गर्दा महानिरीक्षक वन्तको प्रत्यक्ष संलग्नता देखिएको आयोगका प्रवक्ता कृष्णहरि पुस्करले जानकारी दिए ।
ढुवानी कार्यमा अनियमित तवरले संलग्न भएको भन्दै प्रहरी नायब उपरीक्षकद्वय सुमनजङ्ग थापा, रामकृष्ण महर्जन र प्रहरी निरीक्षक बिनबहादुर थापालाई पनि तत्काल निलम्बन गर्न आयोगले सम्बन्धित सरोकारवाला निकायलाई सिफारिस गरेको छ ।
महानिरीक्षक वन्तलाई पदमा बहाल रहन दिँदा आफू विरुद्धको प्रमाण लोप गर्न सक्ने तथा अनुसन्धान कार्यलाई प्रभावित पार्न सक्ने देखिएकाले तत्काल निलम्बन गर्न निर्देशन दिएको प्रवक्ता पुस्करको भनाइ छ ।
उनले अनुसन्धान कार्य प्रभावित हुने भएकाले आयोगको ऐन, २०४८ को दफा १९ को खण्ड तीनबमोजिम आजैको मितिदेखि लागू हुनेगरी निलम्बन गर्न र अन्य अधिकारीलाई सशस्त्र प्रहरी बल प्रधान कार्यालयमार्फत निलम्बन गर्न सिफारिस गरिएको बताए । सामान ढुवानी प्रक्रियामा अनियमितता भएको भन्दै आयोगमा परेको उजुरीमाथि अनुसन्धान गरिँदा महानिरीक्षक वन्त र अन्य अधिकारीको संलग्नता देखिएको हो ।
चौतारा, २ पुस – विभिन्न कारणले सदरमुकाम जान नसकी नागरिकता लिन नपाएकी सिन्धुपाल्चोकको लिसंखु गाविसका ७३ वर्षीया सुनमाया तामाङ गाउँबाटै नागरिकताको प्रमाणपत्र लिन पाएकामा खुसीले गदगद भएकी छन् ।
जिप्रकाको संयोजनमा मङ्गलबार आयोजित एकीकृत घुम्ती शिविरबाट तामाङलाई गाउँबाटै नागरिकताको प्रमाणपत्र लिने मौका मिलेको हो ।
दोलखा जिल्लासँग सिमाना जोडिएको अत्तरपुर गाविसमा आयोजित सो शिविरबाट त्यस भेगका लिसंखु, ठूलोधादिङ, जेठलसहितका ३१० जनाले नागरिकताको प्रमाणपत्र लिएको सहायक प्रमुख जिल्ला अधिकारी भरतप्रसाद आचार्यले जानकारी दिए ।
उनका अनुसार राजधानीमा बस्दै आएका विभिन्न व्यक्तिले पनि गाउँमा शिविर बस्ने जानकारी पाएपछि गाउँ फर्केका थुप्रैले नागरिकता लिएका थिए । यसरी नागरिकताको प्रमाणपत्र लिनेमा लिसंखुका १४०, अत्तरपुरका ९५, ठूलोधादिङका ३२ र जेठल गाविसका ४३ जना छन् ।
ती गाविसका बासिन्दाले सदरमुकाम आवतजावत गर्न बढी समय लाग्नुका साथै खर्चिलो र झन्झटिलो अवस्था झेल्दै आएका थिए ।
जिल्ला स्वास्थ्य कार्यालय र गोरखबहादुर गणको संयुक्त आयोजनामा भएको घुम्ती शिविरमा २४५ जनाको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि वितरण गरिएको थियो । शिविरमा आठजनाको भिडियो एक्स–रे, एकजनाको परिवार नियोजन, आङ खसेका दुई महिलालाई रिङ्प्रेसरी लगाएको चौतारा अस्पतालका प्रमुख चिकित्सक सागर राजभण्डारीले बताए ।
घुम्ती शिविरमा १९ जनालाई अपाङ्ग परिचयपत्र वितरण गर्नुका साथै जिल्ला कृषि विकास कार्यालयबाट विभिन्न तरकारीका बीउबिजनसमेत वितरण गरिएको थियो ।
त्यसैगरी शिविरमा ६७ जनालाई सिन्धु बार एकाइबाट कानुनी परामर्शसमेत दिइएको थियो । शिविरमा जिल्ला पशुसेवा कार्यालयबाट प्राविधिक परामर्श, औषधि वितरण, पशु बन्ध्याकरण र गोबर परीक्षणसमेत गरिएको थियो ।

काठमाण्डु, १ पुस– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदमा रहेका बेला गैरकानुनी रुपमा छोरालाई अष्ट्रेलिया भ्रमणमा पठाएबापत हर्जना तिराएको छ ।
पराजुलीले अनुचित र गैरकानूनी रुपमा छोरालाई अष्ट्रेलिया पठाउँदा दुग्ध विकास संस्थानलाई २ लाख ६० हजार नोक्सानी भएको ठहर गर्दै उक्त रकम हर्जना तिर्न आदेश दिएको थियो ।
अख्तियारले बुधबार एक विज्ञप्ति मार्फत पराजुलीले सोमबार हर्जना बुझाएको जनाएको छ । पूर्वमन्त्री पराजुलीले हिमालय बैंकमा रहेको दूग्ध संस्थानको खातामा २ लाख ६० हजार रुपैयाँ जम्मा गरेको अख्तियारका सह–प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
पराजुलीले मन्त्री स्तरीय निर्णयबाट वनकटवा दूग्ध उत्पादन सहकारी संस्था बाँकेका शेयर सदस्य गिर्वाणविक्रम पराजुलीलाई दुग्ध विकास संस्थानको खर्चमा ०७२ असार २९ गतेदेखि ०७२ साउन ४ गतेसम्म अष्ट्रेलिया भ्रमणमा पठाएका थिए ।
सुशील कोइराला नेतृत्वको सरकारमा कृषिमन्त्री रहेका पराजुली गत असार १५ गते धान दिवसका दिन भएको रोपाईंका क्रममा महिलाहरुलाई अश्लिल हर्कत गरेपछि विवादमा तानिएका थिए । सोही विवादका कारण पराजुलीले पदबाट राजीनामा दिएका थिए ।
सोही नजिरका आधारमा भूकम्प पीडितको कोटामा दुई छोरीलाई चीन भ्रमण पठाएको विषयमा समेत हर्जना तिराउने बाटो खुलेको छ । उक्त प्रकरणबारे अख्तियारले छानबिन थालेको छ ।
काठमाण्डु, १ पुस– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदमा रहेका बेला गैरकानुनी रुपमा छोरालाई अष्ट्रेलिया भ्रमणमा पठाएबापत हर्जना तिराएको छ । पराजुलीले अनुचित र गैरकानूनी रुपमा छोरालाई अष्ट्रेलिया पठाउँदा दुग्ध विकास संस्थानलाई २ लाख ६० हजार नोक्सानी भएको ठहर गर्दै उक्त रकम हर्जना तिर्न आदेश दिएको थियो ।
अख्तियारले बुधबार एक विज्ञप्ति मार्फत पराजुलीले सोमबार हर्जना बुझाएको जनाएको छ । पूर्वमन्त्री पराजुलीले हिमालय बैंकमा रहेको दूग्ध संस्थानको खातामा २ लाख ६० हजार रुपैयाँ जम्मा गरेको अख्तियारका सह–प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
पराजुलीले मन्त्री स्तरीय निर्णयबाट वनकटवा दूग्ध उत्पादन सहकारी संस्था बाँकेका शेयर सदस्य गिर्वाणविक्रम पराजुलीलाई दुग्ध विकास संस्थानको खर्चमा ०७२ असार २९ गतेदेखि ०७२ साउन ४ गतेसम्म अष्ट्रेलिया भ्रमणमा पठाएका थिए ।
सुशील कोइराला नेतृत्वको सरकारमा कृषिमन्त्री रहेका पराजुली गत असार १५ गते धान दिवसका दिन भएको रोपाईंका क्रममा महिलाहरुलाई अश्लिल हर्कत गरेपछि विवादमा तानिएका थिए । सोही विवादका कारण पराजुलीले पदबाट राजीनामा दिएका थिए ।
सोही नजिरका आधारमा भूकम्प पीडितको कोटामा दुई छोरीलाई चीन भ्रमण पठाएको विषयमा समेत हर्जना तिराउने बाटो खुलेको छ । उक्त प्रकरणबारे अख्तियारले छानबिन थालेको छ ।
मंसिर २९, २०७२- भूकम्पले घर ढालेपछि चिसोबाट बँच्न पहाडी वस्ती चंखुबाट झरेका तेम्बा शेर्पा फुर्सदमा सिंगटी बजारका बदलिदो स्वरुप नियाल्छन् ।
हिमालको फेदमा रहेको चंखुमा चिसो बढ्दै गएपछि कटेराको बसाईँ असहज हुन थालेकाले उनी उत्तरको चर्चित बजार सिंगटी झरेका हुन् । भूकम्पले दोलखा जिल्लाको सबैभन्दा क्षेती भएको भनिएको सिंगटीमा सञ्चालित निर्माण कार्यमा काम गर्दै उनी गुजरा चलाउछन् । जस्ताको छाना भएको उनको कटेराबाट राती चुहिएको सीतले ओछ्यान भिज्छ । टाँड परेको चित्रा र काठका बारबाट छिरेको सिरोठोले ओठमुख सुक्छ । हिऊ पर्ने बेला भएकोले ज्यान बँचाउन सिंगटी झरेको तेम्बाको भनाई छ । ‘चिसोले बच्चा र परिवार बिरामी भैरहने समस्याले परिवारसहित सिंगटी झरेँ,’ तेम्बाले भने ।
करिब २५ सय मिटरबाट ओर्लिएर ११ सय मिटर उचाईमा रहेको सिंगटी बस्दा उनलाई सजिलै छ । हुन त स्थायी संरचना पूर्ण रुपमा ध्वस्त सिंगटीका सबैजसो नयाँ बनेका टहराहरु जस्तापाताकै छन् । निर्माणको चरणमा तीब्र गतिमा अघि बढेको सिंगटीमा दैनिक ज्यालादारी काम पाउने भएकाले तेम्बालाई न्यानोका साथै परिवार पाल्न सजिलै छ ।
सिंगटीमा करिब डेढ सय पसल राख्न मिल्ने कौलसहितको टहरा बनिसकेका छन् । अरु पनि धमाधम निर्माण कार्य भैरहेको छ । भूकम्पले अत्यधिक क्षेती पुर्याएको सिंगटीमा पनि चिसोको समस्या नभएको हैन । तर खोला किनारको बेशी भएकाले हिमाली र उच्च पहाडी क्षेत्रको जस्तो कठ्याङ्ग्रिने चिसो हुँदैन् । राती भने यो बजारको तापक्रम निकै तल झर्छ ।
सुनखानी केन्द्रविन्दु भएर बैशाख २९ गते गएको भूकम्पको झड्काले सिंगटीलाई तहसनहस पारेको हो । यो सुनखानीको छिमेकी क्षेत्र भएकाले पनि बढी क्षति पुगेको अनुमान छ । अहिले पुरानै स्वरुप र शैलीमा बजार बस्न थालेपछि उत्तरी क्षेत्रका उच्च पहाडबाट जाडो छल्न आउनेहरु यहाँ बढेको देखिन्छ ।
उपचारका लागि यो बजार ल्याउदै गर्दा गतसाता १९ बर्षिया सोनी तमाङको चिसोले निमोनियाबाट निधन भयो । लादुकको उच्च पहाडी इलाकाबाट ल्याइएको त्यो विरामीलाई चिसो गडेर निमोनिया देखिएको उनका आफन्तले बताए । मृतकको आफन्तहरुले घर छेवैको सरकारी स्वास्थ्य केन्द्रमा चिकित्सक नभेटिएपछि सिंगटी बजार ल्याउनु परेको दु:खेसो पोखे ।
युवा अवस्थामा चिसोले ज्यान गुमाउनु परेको दु:खद घटनाको रेकर्ड जिल्ला स्वास्थ्य कार्यालयसँग छैन । जिल्ला स्वास्थ्य कार्यालयलाई लादुकका स्वास्थ्यकर्मी तालिममा गएका बेला युवती विरामी परेको सम्म जानकारी छ । अत्याधिक चिसो हुने जिल्लाका उत्तरी क्षेत्रहरुमा स्वास्थ्यकर्मी नभेटिने गुनासो छ । औषधि पनि अभाव हुँदै गएकाले उत्तरका भूकम्प पीडितहरु झन दु:खको मारमा परेको बताउँछन् । स्वास्थ्यकर्मीहरु सम्बन्धित स्वास्थ्य केन्द्रमै बसेर काम गरिरहेको बताउँने जिल्ला स्वास्थ्य प्रमुख माधवप्रसाद लम्साल नाकाबन्दीले औषधि अभाव हुँदै गएको भने स्वीकार्छन् ।
राज्यको आधारभूत सुविधाबाट बञ्चित सिंगटी क्षेत्रका वासिन्दाहरु चिसोको मारसँगै स्वास्थ्य उपचार, स्तरीय शिक्षा, सरकारी सेवाबाट बञ्चित हुँदै गएका छन् । सिंगटी बजारमै पशु र कृषिका सेवा केन्द्रहरुमा कर्मचारी भेटिंदैनन् । दुवै सेवा केन्द्रका जमिनहरु भूकम्पपीडितहरु बसेका छन् । हिमाली र उच्च पहाडी इलाकाबाट झरेका उनीहरु आवश्यकता परे सेवा केन्द्रको जमिन छाड्न तयार छन् । जिल्ला कृषि कार्यालयका अनुसार कार्यालय भवन नभएकाले कर्मचारीहरु नियमित बसेर काम गर्न नसकेका हुन् । कृषिको नासुस्तरको कर्मचारी यहाँको सेवा केन्द्रमा छ तर उनी सदरमुकामबाट बेलाबेलामा आउने जाने गरेर सेवा केन्द्रको काम धन्छन् ।
सिंगटी जिल्लाको डेढ दर्जन गाविसको पायक पर्ने बजार हो । भूकम्प जानेवित्तिकै यो बजारबाट आवास र व्यापारिक भवनहरु छाडेर मानिसहरु हिडेका थिए । भूकम्पले भत्किएका घरहरुमा मृत मानिसका शरीर, पशुपक्षिंका मासु गन्हाएकाले विरक्तिदै विस्थापित मानिसहरु पुन: फर्किएर पुरानै व्यवसाय सञ्चालन गर्न थालेका छन् ।
सिंगटीबाट चर्चित माथिल्लो तामाकोसी जलविद्युत् आयोजना, गौरीशंकर संरक्षण क्षेत्र र चर्चित पदयात्रा क्षेत्र रोल्वालिङ उपत्यकामा प्रवेश हुन्छ । त्यसैले जाडो छल्न र व्यवसाय सुरु गर्न भूकम्पपछि सिंगटीमा वसोवास गर्नेहरु बढिरहेका छन् ।
पीडाका बीच पनि बजारमा ठूला आवाजमा घन्काइएका गीतसंगीत सुन्दै मानिसहरु किनमेलमा देखिन्छ । करिब १५ जनाको ज्यान गएको, करिब २० जना सख्त घाइते भएको सिंगटीबाट विस्थापितहरु फर्किरहेको व्यापारी बुक्तम तमाङ बताउँछन् । अब यहाँ सबै खालका उपभोग्य सामाग्री पाउन थालिएको उनले बताए ।
करिब ५० हजार मानिसहरुको किनमेल गर्ने मूख्य बजार सिंगटीबाट सञ्चालन हुने कतिपय सडक मार्गहरु पनि विग्रेकाले समस्या छ । राहत सामाग्री ढुवानी गर्न र विरामी परेमा स्वास्थ्य केन्द्र आउन पनि समस्या छ । भूकम्पले क्षेती पुर्याएको लामावगरसम्मको मार्गमा अझै मोटर नचलेकाले तिब्बती सिमाक्षेत्रवासी अझै राज्यको सूचना र सेवाबाट बेखवर छन् । सिमा क्षेत्रका कतिपय वस्तीहरुमा गाविस सचिवसमेत पुग्न नसकेको अवस्था छ । सरकारी सेवासुविधाबाट वञ्चित कतिपय परिवार सिंगटी र कतिपय परिवार सदरमुकाम चिरकोट पनि आएका छन् । हिमाली र उच्च पहाडको घरगृहस्थी छाडेर आएका परिवार ज्यामि काम र सानोतिनो व्यवसाय सञ्चालन गरेर सदरमुकाममै बस्न थालेको पनि पाइएको छ ।
हिमाली जिल्ला दोलखाको हिमाली क्षेत्रहरु चिसोको मारमा परिसकेको छ । तर राज्यले न्यान्योका लागि दिने भनेको प्रति परिवार १० हजार रुपैयाँ अझै वितरण गर्न सकेको छैन् । गाविस सचिवहरु अपुरो रकम आएकाले वितरणमा समस्या देख्छन् । हाल सरकारले करिब ५० हजारलाई पुग्नेगरी ५० करोड निकासा गरेको छ । दोलखामा करिब ८५ करोड रकम आवश्यकता छ । प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले न्यानोका लागि निकासा भए जति सबै रकम जिल्ला विकास समितिमार्फत गाविसहरुमा पठाइएको बताए । थप रकमका लागि माग गरिएको तर कुनै जानकारी नआएको उनले बताए ।
मंसिर २८, २०७२- अमेरिकाका पूर्व राष्ट्रपति अब्राहम लिंकनको प्रजातन्त्रबारे भनाई विश्वप्रसिद्ध छ । उनले भनेका थिए– ‘प्रजातन्त्र भनेको ‘अफ द पिपल, बाई द पिपल र फर द पिपल (जनताको, जनताद्वारा र जनताका लागि) हुने शासन हो ।’
सोमबार नेपाली फिल्मका महानायक राजेश हमालले लिंकनको यो भनाईको नयाँ ढंगले व्याख्या गरिदिए । राजधानीमा अयोजित कार्यक्रममा हमालले नेपालको परिप्रेक्ष्यमा लिंकनको परिभाषालाई फरक ढंगले हेर्नुपर्ने भन्दै भने– ‘हाम्रोमा डेमोक्रेसी इज द गर्भमेन्ट अफ द पिपुल (जनताबाट टाढा), बाई द पिपुल (जनता किनेर) र फार द पिपुल (जनताबाट टाढा) हो ।’
‘पोजेटिभ लिडरसिप’ बारे रसियन कल्चर सेन्टरमा आयोजित कार्यक्रममा उनले सही नेताले सही मान्छेलाई सही ढंगबाट संयोजन गर्नसक्नु पर्ने बताए । ‘तर, हाम्रोमा यस्तो भइरहेको देखिदैन,
’ उनले भने । ‘म नेपाली हाम्रो नेपाल’ले संयोजन गरेको कार्यक्रममा उनले भने, ‘संविधान जारी हुनुअघि र पछि मुलुकमा उत्पन्न राजनीतिक संकट, भारतको नाकाबन्दी र जनताले पाएको दु:ख हेर्दा हाम्रा नेताहरुको नेतृत्व क्षमतामाथि प्रश्न उठेको छ ।’ राजनीतिमाथि टिप्पणी गर्दै उनले भने, ‘जो नेता पदमा हुँदा आफूले सबै कुरा जानेको छु भन्ठान्छ, ऊ समस्यामा पर्छ ।’ हमालले पहिलो संविधानसभा निर्वाचनको प्रसंग कोट्याउँदै भने, ‘पहिला प्रचण्डजी, बाबुरामजी भनेर कतिजना ज्यान फालेर लागे, अब लाग्दैनन् । किनकी जनता त्यसबेला ती नेताका पछि लागेका थिएनन्, उनीहरुको आवाजको पछि लागेका थिए । जनता र उनीहरुको आवाज एउटै थियो । तर अहिले त्यो परिवर्तन भएको छ । उनीहरुले कुनै आमसभा गर्यो भने अब पैसा तिरेर मान्छे ल्याउनु पर्ने हुन्छ ।’ कार्यक्रममा अभिनेत्री निशा अधिकारीले हामी सबैमा जन्मदै नेतृत्व क्षमता हुने बताउँदै आपैंmले आफ्नो जीन्दगीलाई नेतृत्व गर्दै अघि बढ्दै गइने बताइन् । कार्यक्रममा कानुनविद् भिमार्जुन आचार्य, बैंकर अनिल शाहलगायतले पनि बोलेका थिए ।
’ उनले भने । ‘म नेपाली हाम्रो नेपाल’ले संयोजन गरेको कार्यक्रममा उनले भने, ‘संविधान जारी हुनुअघि र पछि मुलुकमा उत्पन्न राजनीतिक संकट, भारतको नाकाबन्दी र जनताले पाएको दु:ख हेर्दा हाम्रा नेताहरुको नेतृत्व क्षमतामाथि प्रश्न उठेको छ ।’ राजनीतिमाथि टिप्पणी गर्दै उनले भने, ‘जो नेता पदमा हुँदा आफूले सबै कुरा जानेको छु भन्ठान्छ, ऊ समस्यामा पर्छ ।’ हमालले पहिलो संविधानसभा निर्वाचनको प्रसंग कोट्याउँदै भने, ‘पहिला प्रचण्डजी, बाबुरामजी भनेर कतिजना ज्यान फालेर लागे, अब लाग्दैनन् । किनकी जनता त्यसबेला ती नेताका पछि लागेका थिएनन्, उनीहरुको आवाजको पछि लागेका थिए । जनता र उनीहरुको आवाज एउटै थियो । तर अहिले त्यो परिवर्तन भएको छ । उनीहरुले कुनै आमसभा गर्यो भने अब पैसा तिरेर मान्छे ल्याउनु पर्ने हुन्छ ।’ कार्यक्रममा अभिनेत्री निशा अधिकारीले हामी सबैमा जन्मदै नेतृत्व क्षमता हुने बताउँदै आपैंmले आफ्नो जीन्दगीलाई नेतृत्व गर्दै अघि बढ्दै गइने बताइन् । कार्यक्रममा कानुनविद् भिमार्जुन आचार्य, बैंकर अनिल शाहलगायतले पनि बोलेका थिए ।
पाल्पा, २७ मंसिर – वर्षौंदेखि खानेपानीको समस्या भोगेका सहलकोट सेरडाँडाका स्थानीयवासी अहिले खानेपानीको समस्याबाट मुक्त भएका छन् । जापानका समाजसेवी काजुमासा काकिमी ओकेबाजेले खानेपानी आयोजनाका लागि आर्थिक रकम सहयोग गरेपछि स्थानीयवासी उपभोक्ताको सक्रियतामा योजना निर्माण गरिएको हो । ओकेबाजेको दुई लाख रुपैयाँ सहयोग र स्थानीयवासी उपभोक्ताको जनश्रमदानसहति दुई लाख ५० हजार रुपैयाँको लागतमा आयोजना सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष तुलबहादुर पुलामीले बताए । आयोजनाबाट सेरडाँडाका १७ घरधुरीका उपभोक्ता लाभान्वित भएका छन् । गाउँमा पिउने पानीका लागि टाढाटाढा पानीका मूल, कुवा खोजेर जीवन गुजारा गर्दै आएका उपभोक्तामा अहिले आयोजना सम्पन्न भई घर घरमा पानी आउन थालेपछि खुसी छाएको छ । नवनिर्मित आयोजनाको ११ वटा धारा जडान गरी उपभोक्तालाई सहज रुपमा पानी वितरण गरिएको स्थानीयवासी प्रेम बाकाबलले जानकारी दिए ।
मुस्ताङ, २७ मंसिर – हिमाली जिल्ला मुस्ताङमा चिसो बढेसँंगै विद्यालयहरुले पठनपाठन बन्द गराएका छन् । उपल्लो मुस्ताङका छ गाविसमा सञ्चालित विद्यालयले भने कास्कीको विभिन्न स्थानमा घुम्ती कक्षा सञ्चालन गरिरहेका छन् । चिसोसँगै विद्यार्थी विद्यालय जान र अध्ययन गर्न नसक्ने अवस्था सिर्जना हुन थालेपछि यही मंसिर २५ गतेदेखि जिल्लाभर सञ्चालित विद्यालयको पठनपाठन बन्द भएको जिल्ला शिक्षा अधिकारी केशरीरमण न्यौपानेले जानकारी दिए । न्यौपानेका अनुसार, पुस र माघ महिना पठनपाठन नहुने गरी विद्यालय बन्द भएका हुन् । पछिल्लो एक हप्तामा जिल्लामा अत्यधिक चिसो बढेको छ । सदरमुकाम जोमसोम लगायत क्षेत्रमा सर्वसाधारण आगो तापेर बस्न बाध्य भइरहेका छन् । ‘जाडोमा विद्यालय सञ्चालन गर्न कठिन छ ।’ उनले भने, ‘हरेक वर्ष हामीले दुई महिना हिउँदे बिदा दिने गरेका छौं ।
मंसिर २६, २०७२- नेपाली फुटबललाई एकपछि अर्को ‘स्क्ल्यान्डल’ ले छोप्नु अगाडिसम्म सागर थापा ‘खुसी’ बाट गुज्रिरहेका थिए । आफ्नो खेल जीवनको अन्तिम केही वर्षका योजना बुनिरहेका थिए उनी । आफ्नो व्यक्तिगत जीवन व्यवस्थित पार्ने पनि उनका केही योजना थिए, पत्नी विद्यासँग मिलेर सोचेका । त्यसै सेरोफेरोमा उनले एक शनिबार विहान आफ्नो गैह्रीधारास्थित ‘फ्लायट’मा चिया खान निम्तो दिएका थिए ।
सागरको क्लब थ्री स्टार राष्ट्रिय लिग जित्ने संघारमा थियो । नजिकै साफ च्याम्पियनसिप पनि थियो । उनी यसलाई आफ्नो अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगिता बनाउन चाहन्थे । त्यसैले उनी त्यसमा ज्यान फालेर खेल्ने दाबी गर्दै थिए । उनी नेपाली फुटबलमा इतिहास बनाउने संघारमा पनि थिए । साफ च्याम्पिनसिप खेल्नु पथ्र्यो, नेपालका लागि सबैभन्दा बढी खेल्ने खेलाडी सागर नै हुन सक्थे । सबैभन्दा बढी कप्तानी गर्ने खेलाडी उनकै नाममा आउन सक्थ्यो ।
नेपाली फुटबललाई लिएर पनि सागरका धेरै गुनासा थिए । सायद उनको भन्दा बढी गुनासो, विद्याको थियो । विद्या पटक्कै खुसी थिइनन्, नेपाली फुटबललाई लिएर । उनको निचोड थियो, त्यत्रो वर्ष श्रीमानले लागतार फुटबल खेले, अन्त्यमा खेल्न छाड्दा पाउने केही थिएन । हुर्किएका दुई बच्चा थिए, तर घर हेर्ने जिम्मा उनकै थियो ।
भूकम्प नआएको भए, घर बनाउने योजना थियो । आखिरमा एन्फाले पुरस्कारमा दिने भनेको ‘फ्लायट्’ को कुनै टंगो थिएन ।
अझ भनौं, उनीहरूले त्यो पाउने आश पनि मारिसकेका थिए । ‘नेपालमा फुटबल खेलेर के–के न हुन्छ भनेर अरुले सोचेका होलान, तर यो दुनिया बाहिरबाट हेर्दा रंगिन मात्र छ, भित्र केही छैन् । मैले बुझेको नेपाली फुटबल यही हो,’ विद्याले भनेकी थिइन । सागरले त्यसको प्रतिक्रियामा खालि हाँसेर टारे । बरु एउटा तथ्य के माने भने नेपालमा फुटबल खेल्ने हो भने श्रीमती आर्थिक रूपमा बलियो भए, धेरै राम्रो । नत्र गाह्रो छ ।
त्यसै बेला सागरले सानो छँदाको एउटा घटना सुनाए, आफू हुर्केको विराटनगरतिरको । सानोमा पनि साथी भाइसँग उनी फुटबल खेल्थे । यस्तै फुटबल खेल्नेक्रममा के बहस चल्यो भने, तुरुन्तै प्रधानमन्त्री भेट्न पाए के माग्ने थियौ त ? कसले के भने कसले के, सागरका एक साथीले भनेछन्, ‘मलाई त नेपाली राष्ट्रिय फुटबल टिमबाट खेलाइदिनु भन्थे, अझ कप्तान बनाइदिनु भन्थें ।’ त्यति बेला आफूले के भनें भन्ने सागरलाई अहिले हेक्का छैन । तर यति याद छ, त्यतिबेला उनले मनमनै भनेका थिए, ‘म एक दिन राम्रो राम्रो फुटबल खेलाडी बन्छुं । कति राम्रो भने नेपाली राष्ट्रिय टिमबाटै खेल्छु । नेपालकै कप्तान पनि बन्छु ।’ उनले ती सबै इच्छालाई वास्तविकतामा परिणत पनि गरे । नेपाली फुटबललाई उनले धेरै दिए, नेपाली फुटबलले पनि उनलाई धेरै दियो ।
तर, दसैंको साता दिन अगाडि सागरमाथि एकप्रकारले वज्रपात नै पर्यो । उनलाई म्याच फिक्सिङको आरोपमा समातियो । समातिनेमा उनका अरु चार साथी पनि थिए । त्यसपछि के भयो, त्यो सबै समाचार बनेको छ । हालै मात्र एसियाली फुटबल महासंघ (एएफसी) ले उनीमाथि आजीवन प्रतिबन्ध लगायो । यो समाचार उनीमाथि अझ ठूलो वज्रपात थियो । यसपल्ट भने उनी नराम्रोसँग गले ।
उनले आफू नजिकका साथीभाइलाई सुनाएका थिए, ‘यो त ठूलै सजाय भयो, मरे बराबरकै । तर मलाई विश्वास गर्नु, मैले नराम्रो केही गरेको छैन ।’ जुन दिन एएफसीले उनलाई आजीवन प्रतिबन्ध लगाएको थियो, त्यो दिन सागरले आफूलाई रोक्न सकेका थिएनन् । उनी त्यस दिन खुबै रोए, त्यो रोएको आवाज उनका धेरै साथी भाइले सुने ।
उनी सन् २००३ को साफ च्याम्पिनसिप अगाडि पनि रोएका थिए । त्यति बेला प्रतियोगिता बंगलादेशको ढाकामा हुने तय थियो र प्रशिक्षक थिए, दक्षिण कोरियाली यु कि ह्योङ । सागरको खेल उनलाई खुबै मन परेको थियो । त्यसैले सागरले ढाकामा खेल्ने तय थियो । तर टिम ढाका उड्न अगाडि सागरलाई जन्डिसले छोयो । टिमको बिदाइको दिन सागर एन्फा कम्प्लेक्सको होस्टेलमै थिए । खेलाडी एयरपोर्टतर्फ जान के बसमा बसे, त्यसलाई टाढाबाट हेरिरहेका सागरले आफूलाई रोक्नै सकेनन् । त्यस बेला उनी खुबै रोएका थिए । उनी भर्खरका केटा थिए, किशोर अवस्था चढ्दै गरेका ।
दुई वर्ष अगाडि काठमाडौंमा भएको साफ च्याम्पियनसिपमा नेपाल सेमिफाइनलमा रोकिएको थियो । नेपाललाई अफगानिस्तानले एक गोलले हराएको थियो । दशरथ रंगशालामा खेल सकेपछि नेपाली खेलाडीले त्यो हारको पीडा नै सहन सकेनन् । धेरै खेलाडी मैदानमै लामो समय ढले ।
धेरै समय यसरी नै बिताएपछि बल्लतल्ल टिम ड्रेसिङ रुममा छिरेको थियो । त्यहाँको माहौल पनि बिजोग थियो । एक कुनामा गोलरक्षक किरण लिम्बू थिए, उदास मुख छोपेर पल्टिरहेका । आखिरमा उनले नै गोल खाएका थिए । यस्तै स्थिति रोहित चन्दको पनि थियो । एकपल्ट होइन, दुईपल्ट पेनाल्टीमा चुक्ने, अरु कोही होइन, उनी नै थिए ।
अर्को कुनामा विमल घर्तिमगरले आफूलाई सम्हाल्न सकिरहेका थिएनन् । त्यो दिन ड्ेरसिङ रुमको अवस्था कस्तो थियो भने सायद परिवारमा कोही निकै माया गर्ने गुमाए जस्तो । सबै खेलाडी, प्रशिक्षकबाट घेरिएर सागर बीचमा बसे र केही शब्द बोल्न खोजे । तर अहँ केही शब्द निस्केन । उनलाई एक्कासी रुन आयो । उनले आफूलाई सम्हाल्न सकेनन् । उनी डाँको छाडेर रोए । उनी यसरी रोए कि, पूरा कोठा नै रुन थाल्यो । अर्को एक खेलाडी पनि रुनेबित्तिकै सबै एकपछि अर्को गरी रुन थाले । यो स्थिति रोकिन, एक घन्टाभन्दा बढी समय लागेको थियो ।
अहिले फेरि एकपल्ट सागर रोएका छन् । तर, यो रुवाइभित्र गर्वले सुनाउने कुनै कथा छैन । धेरैका लागि उनी नेपाली फुटबलका खलनायक भइसकेका छन् । सागरका पुराना दिनका योगदानलाई लिएर ‘ओहो’ भन्नेहरू पनि अब उनको सामु आउन पनि सायद तयार छैनन् ।
तिहारअघि जमानत पाएदेखि सागरले अधिकांश समय आफ्नो घरमै बिताएका छन् । खासै बाहिर गएका छैनन् । सागर अहिले परिवारमै रमाउने खोज्ने भलाद्मी बनेका छन् । पछिल्लो समय उनमा आएको यो ठूलो परिवर्तन हो ।
सायद पछिल्लो दस वर्षमा उनी यस्ता थिएनन् । उनी बरालिएका थिए । उनी बढी मोजमस्ती गर्नेखालका बनेका थिए । उनले बिताउने रातको चर्चा मिडियामा त छापिन्न थियो, तर त्यसबारे धेरैलाई थाहा थियो । त्यो अनुशासित जीवन थिएन, सागरले रोजेको । उनले त्यसमध्ये धेरै रात दरबारमार्गमा पनि बिताए, जहाँको जीवनशैली कति महँगो छ, सबैलाई थाहा छ ।
उनी मात्र होइन, पछिल्ला समय खास–खास केही फुटबल खेलाडीको जीवनशैली यस्तै बनेको थियो । सबैको मुखमा गुनासो हुन्थ्यो, क्लबले समयमा तलब दिंदैन । त्यति मात्र होइन, क्लबले तलब नै दिन खोज्दैन । उल्टो पचाउँछ । सागरसँग यस्ता धेरै गुनासा थिए । तर यो पनि सबैलाई थाहा थियो, केही खेलाडीको जीवन शैली फिल्मी पाराको थियो । त्यो कस्तो भने त्यस्ता पात्रको हातमा महँगा रक्सीले भरिएका गिलास हुन्थे । वरीपरी मनारोञ्जन लिने र दिने पनि धेरै हुन्थ्यो । लगाइ र खुवाइ कोही भन्दा कम हुँदैन थियो । चिल्ला गाडीबाट आउने जाने भइरहन्थ्यो । सागरले केही समय यस्तै जीवन बिताए ।
अहिले उनी फेरि त्यही समय र परिस्थितिमा फर्केका छन्, जहाँबाट उनले सुरुआत लिएका थिए । सागर अहिले शून्यमा झरेका छन् । उनमा आकुलता ब्याकुलता पर्याप्त छ । जुन प्रतियोगितालाई लिएर सागर उत्साहित थिए, अब केही दिनमै त्यो सुरु हुनेछ । भारतको त्रिवन्दपुरममा यसपल्टको साफ च्याम्पियनसिपको साइत जुरेको छ । त्यसै प्रतियोगितामा ठूलो भूमिका खेल्ने मानिएका सागर भने सायद यसका लाइभ अथवा हाइलाइट्सहरू घरमै बसेर हेरिरहेको हुनेछन् ।
एएफसीले उनीमाथि आजीवन प्रतिबन्ध लगाइसकेको छ । म्याच फिक्सिङलाई लिएर कुनै दिन अदालतले निर्णय पनि दिनेछ । यो उनीहरूको काम हो । यो सारा प्रकरणले धेरै उत्तर दिनेभन्दा धेरै प्रश्न उब्जाएको छ । के यो सागर र उनका केही साथीबाट मात्र सम्भव भएको हो त ? कि यसमा अरु पनि संलग्न छन् ? केहीलाई दोषी देखाएर अरु उम्कन खोजेका त छैनन् ?
नेपाली फुटबलले अहिलेसम्म पाएका निकै उम्दा खेलाडीमा एक हुन्, सागर । अबका उनका दिन पुरानो समय जस्ता हुने छैनन्, यसमा शंका छैन । अहिले पनि बजारमा धेरै उडन्ते गफ सुन्न पाइन्छ, म्याच फिक्सिङलाई लिएर । कसले के गरे र कस्तो कस्तोसम्म गरे भनेर ? त्यहाँसम्म पनि पुग्ने हो कि ? एउटा तथ्य के मानौं भने सागरले नेपाली फुटबलले लगाएको गुन चटक्कै पनि बिर्सेका छैनन् । उनले भनेका छन्, ‘कम्तीमा हामीलाई सम्झेर नेपाली फुटबललाई माया गर्न नछाड्नु ।’
मंसिर २६, २०७२- सत्तारुढ एमालेका नेता, कार्यकर्ता र नातागोता चीन भ्रमणमा गएका छन् । एक महिनामै तीनवटा टोली चीन भ्रमणमा गएका छन् । तीमध्ये साताव्यापी भ्रमण पूरा गरेर एउटा टोली फर्किएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टीसँगको कार्यकर्ता आदान प्रदान कार्यक्रम अन्तर्गत एमालेले पठाएको टोलीमा महासचिव ईश्वर पोखरेलले एकलौटी गरेका छन् । छलफल नगरी आफूनिकटलाई पठाएको भन्दै पार्टीभित्र असन्तुष्टि सुरु भएको छ ।
तीब्बत, बेइजिङलगायतको भ्रमणमा मंसिर १ गते गएको टोलीमा अधिकांश पोखरेलका नातागोता र उनको समूहका नेता कार्यकर्ता छन् । टोली तिव्वत, संघाई र वेजिङको विकासको अवलोकनका लागि चीन गएको हो ।
भ्रमण टोलीमा पोखरेलका कान्छा छोरा स्वराज, सांसद श्रीमती मिराका पीए लोकेन्द्र केसी, पोखरेलका सहयोगी नारायण सिलवाल, पोखरेलका सालाका छोरा सुरज ध्वजू, स्वकीय सचिव दीपेन्द्र श्रेष्ठका भाइ सविन्द्र, नेतृ मेनुका पछाईं छन् ।
महासचिव पोखरेलले व्यक्तिगत सिफारिसमा सामुदायिक वन उपभोक्ता महासंघकी महासचिव भारती पाठक, चितवनकी एमाले नेतृ पार्वती रावल, युवा संघका महासचिव किरण पौडेल, युवा संघका सचिव नरेश शाही, सचिवालय सदस्य रविन थापा, अनेरास्ववियुका कोषाध्यक्ष रश्मी आचार्य, प्रवक्ता आरसी लामिछाने, सचिवालय सदस्य समिक बडाल, अखिलका नेताहरू भाष्कर खनाल, हरि लिम्बू, एमाले रामेछापका सचिव आनन्द श्रेष्ठ, एमाले पर्साका सचिवालय सदस्य अरविन्द सिंह, एमाले पत्रकार रामशरण बजगाईं र पार्टी सचिव पृथ्वीसुब्बा गुरुङकी छोरी एसिला पनि गएकी छन् ।
एमाले पोलिटब्युरो सदस्य भानुभक्त ढकाल नेतृत्वको अर्को टोली मंसिर ९ गते सातदिने भ्रमणमा चीन पुगेर फर्किएको छ । भ्रमण टोलीमा माधव नेपालनिकट वैकल्पिक केन्द्रीय सदस्य माधव अर्यालबाहेक अधिकांश एमालेको संस्थापन समूहका छन् । संस्थापन समूहका वैकल्पिक केन्द्रीय सदस्य खेम लोहनी, केन्द्रीय सदस्य सुजिता शाक्य, बिना श्रेष्ठ, महासचिव पोखरेलका पीए दीपक केसी, कञ्चनपुरका एमाले नेता तारा लामा तामाङ, अछामका एमाले नेता शेरबहादुर कुँवर, धादिङ अध्यक्ष भूमि त्रिपाठी गएका थिए ।
यस्तै एमाले युवा नेता निरज आचार्य, पूर्वसांसद सुवास कर्माचार्य, भक्तपुर उपाध्यक्ष वचन देउजा, दोलखा अध्यक्ष ईश्वरचन्द्र पोखरेल, रामेछापका नेता कैलाश ढुंगेल, काठमाडौं सचिव विद्यासुन्दर शाक्य र अनेरास्ववियुका अध्यक्ष किशोरविक्रम मल्ल गएका थिए । उनी फर्किसकेका छन् । भूकम्प वेला एमालेले राष्ट्रिय स्वयं सेवक परिचालनको संयोजक गोकर्ण विष्टको नेतृत्वमा गरेको थियो । तर भूकम्पको अध्ययन गर्न चीन पठाउँदा ढकालको नेतृत्व पठाएको थियो । एमालेका दुई टोली चीन नपुग्दै पार्टी पोलिटब्युरो सदस्य लालबाबु पण्डित नेतृत्वको टोली बेइजिङ पुगेको छ ।
टोलीमा एमाले नेताहरू जगदीश कुसियत, भगवती चौधरी, श्रीप्रसाद साह, उपत्यका ईञ्चार्ज सानुकुमार श्रेष्ठ, गोरखबहादुर बोगटी, मना केसीलगायत पनि चीन पुगेका छन् । चीनबाट आएका भ्रमण निम्तो दुरुपयोग भएको भन्दै स्थायी कमिटी बैठकमै प्रश्न उठाइएको छ । नेताहरूले स्थायी कमिटी बैठकमा चीन भ्रमण टोली पठाउँदा छलफल नगरिएको भन्दै असन्तुष्टि जनाएका थिए । तर, महासचिव पोखरेलले अर्को बैठकमा छलफल गर्ने भन्दै तर्किएको स्रोतले जनाएको छ ।
प्रचार विभाग प्रमुखसमेत रहेका पार्टी सचिव योगेश भट्टराईले एकपछि अर्को टोली चीन गए पनि पार्टीको सिफारिस र निर्णय नभएको बताए ।
काठमाण्डु, २३ मंसिर– मधेसमा जारी आन्दोलनको विषयलाई लिएर भारत भमणमा रहेका मधेसी दलका नेताले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने भनिएता पनि उनीसँग भेट हुन सकेन । मधेसी दलका नेताहरु मधेसका मुद्धालाई लिएर भारतका विभिन्न राजनीतिक दलका नेता, विदेशमन्त्री सुषमा स्वराज, मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोवल, विदेश सचिव एस जयशंकर लगायतकासँग भेट गरे ।
मधेस आन्दोलनको समर्थन जुटाउन दिल्ली गएका मधेसी दलका नेताले दिल्ली भ्रमणका क्रममा जे साचेका थिए त्यसो हुन सकेन । उनीहरुले भारतीय पक्ष विशेष गरी मोदी सरकारले मधेसको मुद्धालाई सम्बोधन गर्दै मधेस आन्दोलन अझ बलियो पार्न भारतले सहयोग गर्ने उपेक्षा लिएका थिए । तर, सोमबारदेखि सुरु भएको उनीहरुको भेटवार्ताकै दिन भारतको राज्यसभामा नाकाबन्दीका विषयमा ३ घण्टा लामो बहस भएपछि मोर्चाको भ्रमणलाई अशुभ संकेत मिलेको थियो ।
जुन क्रम पछिसम्म पनि जारी रह्यो । उनीहरले विपक्षी दलका नेतासँग भेट्दा पनि धेरैले मधेस आन्दोलन र उनीहरुको मुद्धामा पूर्णरुपमा साथ दिएनन् । भारतीय नेताले नाकाबन्दी अमानवीय भएको, तराईलाई पहाडसँग छुट्टाएर सीमांकन गर्न नहुन, समस्याको समाधान वार्ताबाटै खोज्नुपर्नेे लगायतका सुझाव मोर्चाका नेतालाई दिए । उनीहरुले नेपालको आन्तरिक मामिला भएकाले वार्ताबाटै यसको समाधान खोज्न आग्रह गरे । विदेशमन्त्री स्वराजसँगको रात्रीभोजका क्रममा भएको छलफलमा पनि स्वराजले नाकाबन्दी तत्काल हटाएर सरकारले तयार पारेको ३ बुँदे रोडम्यापमा छलफल गर्न र ३ महिनापछि सीमांकनको विषय टुङ्याउनका लागि समिति बनाएर अघि बढ्न आग्रह गरिन् । मोर्चाका नेता भारत भ्रमण र भारतको सल्लाहबाट खुसी छैनन् भन्ने कुरा त्यहाँ खिचीएका तस्बिरमा खेखिएको निराशाले पनि संकेत गरकेो छ ।
भेटका क्रममा मधेसी मोर्चाले आन्दोलन धेरै अघि बढेकाले अब आफूहरु पछि नहट्ने बताएपनि भारतले तत्कालको अवस्था बुझ्न र सदनबाट संविधान संशोधन प्रस्ताव पास गराएर सरकारसँग वार्तामा बस्न दबाब दियो । सीमांकन लगायतका समस्या समाधानका लागि समिति बनाएर अघि बढ्न र तीन महिनासम्म पनि त्यसबाट कुनै निकाश आउन नसके त्यसबारे फेरि सोच्न स्वराजले मोर्चाका नेतालाई आग्रह गरेको स्रोतको दावी छ ।
दिल्ली दौडमा रहेका मोर्चाका नेताहरु उपेन्द्र यादव, राजेन्द्र महत्तो, महन्थ ठाकुर, महेन्द्र यादव लगायतले मोदीसँग भेट्ने ठूलो आश बोकेका थिए । तर, उनीहरुले मोदीसँग भेट गर्न पाएनन् । भारतको सदनमै मधेसी मोर्चाको विषय नेपालको आन्तरिक मामिला भएकाले त्यसमा भारतले हस्तक्षेप गर्न नहुने भन्दै आवाज उठेपछि मोदी पछि हटेको स्रोत बताउँछ । यतिमात्र नभएर कश्मिरका आन्दोलनकारीसँग पाकिस्तानको भेट हुँदा आलोचना गर्ने मोदी सरकारका प्रधानमन्त्रीले नै स्वयंम नेपालको मधेस आन्दोलनकारीसँग भेट्दा गलत सन्देश जाने देखेपछि मोदीले उनीहरुसँग नभेटेका हुन् ।
मोदीले मोर्चाका नेतासँग नभेटेता पनि उनका सुरक्षा सल्लाहकार अजितले उनीहरुसँग भेटघाट गरे । मोर्चाका नेतालाई उनले मोदीले भेट्न नसकेको बारे ‘कन्भीन्स’ गराएका थिए । मोदीको सूचना मोर्चासँग पुर्याउने क्रममा अजितले तत्काललाई सीमा आवरोध नगर्न र संविधान संशोधन गरी केही समयलाई राजनीतिक रुपमै समस्याको समाधान खोज्न आग्रह गरेका थिए । यसरी मधेसका मुद्धामा जनमत निकाल्न दिल्ली पुगेका नेताको भ्रमण खासै फलदायी भने भएन । पटक–पटक वार्ताबाट सहमति जुटाउन खोज्दा त्यसलाई इंकार गर्दै आएका मधेसी नेता अब फेरि एकपटक वार्तामै बसेर समस्या समाधानका लागि पहल गर्नुपर्ने भएको छ ।
तर, भारतमा रहेका मेधसी मोर्चाका नेतालाई उदृढ गर्दै एक नेताले भारतले मधेस आन्दोलनका विषयमा कुनै दबाब नदिएको बताउँदै उनले भारतको आग्रहमा नाकाबन्दी नगरी आफै गरेकाले सीमा अवरोध गर्ने नगर्ने मधेसीको आन्तरिक विषय भएको बताए । उनले नेताहरु नेपाल आएपछि वार्ता गर्ने वा नगर्ने, आन्दोलनको रुप परिवर्तन गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय लिइने जानकारी दिए । मधेसी नेता बुधबार साँझ ९ बजे नेपाल फर्कने कार्यक्रम रहेको छ ।
भेटका क्रममा मधेसी मोर्चाले आन्दोलन धेरै अघि बढेकाले अब आफूहरु पछि नहट्ने बताएपनि भारतले तत्कालको अवस्था बुझ्न र सदनबाट संविधान संशोधन प्रस्ताव पास गराएर सरकारसँग वार्तामा बस्न दबाब दियो । सीमांकन लगायतका समस्या समाधानका लागि समिति बनाएर अघि बढ्न र तीन महिनासम्म पनि त्यसबाट कुनै निकाश आउन नसके त्यसबारे फेरि सोच्न स्वराजले मोर्चाका नेतालाई आग्रह गरेको स्रोतको दावी छ ।
दिल्ली दौडमा रहेका मोर्चाका नेताहरु उपेन्द्र यादव, राजेन्द्र महत्तो, महन्थ ठाकुर, महेन्द्र यादव लगायतले मोदीसँग भेट्ने ठूलो आश बोकेका थिए । तर, उनीहरुले मोदीसँग भेट गर्न पाएनन् । भारतको सदनमै मधेसी मोर्चाको विषय नेपालको आन्तरिक मामिला भएकाले त्यसमा भारतले हस्तक्षेप गर्न नहुने भन्दै आवाज उठेपछि मोदी पछि हटेको स्रोत बताउँछ । यतिमात्र नभएर कश्मिरका आन्दोलनकारीसँग पाकिस्तानको भेट हुँदा आलोचना गर्ने मोदी सरकारका प्रधानमन्त्रीले नै स्वयंम नेपालको मधेस आन्दोलनकारीसँग भेट्दा गलत सन्देश जाने देखेपछि मोदीले उनीहरुसँग नभेटेका हुन् ।
मोदीले मोर्चाका नेतासँग नभेटेता पनि उनका सुरक्षा सल्लाहकार अजितले उनीहरुसँग भेटघाट गरे । मोर्चाका नेतालाई उनले मोदीले भेट्न नसकेको बारे ‘कन्भीन्स’ गराएका थिए । मोदीको सूचना मोर्चासँग पुर्याउने क्रममा अजितले तत्काललाई सीमा आवरोध नगर्न र संविधान संशोधन गरी केही समयलाई राजनीतिक रुपमै समस्याको समाधान खोज्न आग्रह गरेका थिए । यसरी मधेसका मुद्धामा जनमत निकाल्न दिल्ली पुगेका नेताको भ्रमण खासै फलदायी भने भएन । पटक–पटक वार्ताबाट सहमति जुटाउन खोज्दा त्यसलाई इंकार गर्दै आएका मधेसी नेता अब फेरि एकपटक वार्तामै बसेर समस्या समाधानका लागि पहल गर्नुपर्ने भएको छ ।
तर, भारतमा रहेका मेधसी मोर्चाका नेतालाई उदृढ गर्दै एक नेताले भारतले मधेस आन्दोलनका विषयमा कुनै दबाब नदिएको बताउँदै उनले भारतको आग्रहमा नाकाबन्दी नगरी आफै गरेकाले सीमा अवरोध गर्ने नगर्ने मधेसीको आन्तरिक विषय भएको बताए । उनले नेताहरु नेपाल आएपछि वार्ता गर्ने वा नगर्ने, आन्दोलनको रुप परिवर्तन गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय लिइने जानकारी दिए । मधेसी नेता बुधबार साँझ ९ बजे नेपाल फर्कने कार्यक्रम रहेको छ ।
काठमाण्डु– पूर्वयुवराज पारस शाहकी थाई प्रेमिका कन्निका चाइसनले पारसका नाममा फेरि फेसबुक स्टाटस लेखेकी छन् । पारसबाट टाढिनुलाई उनले आफ्नो जीवन रक्षा भएको भनेकी छन् । घुमाउरो भाषामा समयमै आफूलाई पारसबाट अलग हुन प्रेरणा र सहयोग गरेकामा नेपालीलाई उनले धन्यवाद दिएकी छन् । तर, पारसका कारण उनको जीवन कसरी खतरामा थियो भन्नेबारे केही खुलाएकी छैनन् । ‘मलाई बचाएकोमा धन्यवाद । मैले आफैंलाई बचाउन सकिन“ जसको कुनै अर्थ छैन । सही या गलत के हो तिमी थाहा पाउँछौ किनकी बाहिर के भइरहेको छ भन्ने मलाई थाहा छैन । म तिम्रो आँशु मात्रै बुझ्छु । मेरो जीवन बचाएकोमा धन्यवाद नेपाली’, कन्निकाले लेखेकी छन् ।’ कन्निकाले यसअघि पारसलाई आफूले धेरै माया गर्ने, उसले आफूलाई धोका दिएको, त्यसको बदला लिने जस्ता स्ट्याटस राख्ने गरेकी थिइन् ।
काठमाडौँ, साउन ११– नेपालमा एफएम रेडियोको सङ्ख्या ६३८ पुगेको छ । सूचना तथा सञ्चार मन्त्रालय श्रव्यदृश्य प्रसारण शाखाका अनुसार असार मसान्तसम्ममा ६३८ एफएम रेडियोले सञ्चालनका लागि अनुमतिपत्र लिएका छन् । तीमध्ये ५४७ रेडियो नियमित सञ्चालनमा रहेका छन् ।
बाँकी ९१ एफएम रेडियोहरू विविध कारणले सञ्चालनमा आएका छैनन् । असार महिनामा मात्र १२ वटा एफएम रेडियोले अनुमति पाएका छन् । सामुदायिक रेडियो प्रसारण सङ्घका अध्यक्ष मोहन चापागाई एकै सहर वा गाउँमा धेरैवटा एफएम रेडियो खोल्नुभन्दा पनि एउटा पनि नभएको ठाउँमा खोल्नु स्वाभाविक मान्न सकिने धारणा राख्नुहुन्छ । रेडियोको सङ्ख्यामा वृद्धि भए तापनि त्यसको स्थायित्वमा चुनौती देखिएको उनको अनुभव छ । सरकारले विसं २००७ मा रेडियो नेपाल सञ्चालनमा ल्याएको थियो ।
त्यसपछि निजी क्षेत्रबाट २०५४ सालमा रेडियो सगरमाथा सञ्चालन आयो । निजी क्षेत्रबाट २०५४ सालमा एफएम रेडियो प्रसारणको सुरुवात भएसँगै ६० को दशकमा ती एफएम रेडियोको सङ्ख्यामा अत्यधिक वृद्धि भएको सञ्चार मन्त्रालयको तथ्याङ्कबाट देखिन्छ । सूचना तथा सञ्चार मन्त्रालयका उपसचिव यदुप्रसाद पन्थीले भने – “नेपाल लोकतान्त्रिक मुलुक भएको नाताले निजी क्षेत्रबाट एफएम सञ्चालन गर्न सरकारले प्रोत्साहन गर्न सक्छ, तर त्यसको स्थायित्व र गुणस्तरका बारेमा भने निजी क्षेत्र स्वयम् नै जिम्मेवार हुनुपर्छ ।” ब्रोडकास्टिङ एसोसिएसन अफ नेपालका अध्यक्ष गोपाल झाले दिनमा १२÷१३ घन्टा विद्युत् भार कटौती हुने र विज्ञापनको बजारसमेत कमजोर भएको मुलुकमा ६३८ वटा एफएम रेडियोको आवश्यकता नहुने बताए ।
भैरहवा, साउन ११–अर्थमन्त्री डा. राम शरण महतले लुम्बिनीमा बजेटको अभाव देखाईए पनि हरेक बर्ष ठुलै बजेट लुम्बिनीमा नै फ्रिज हुने गरेका बताएका छन । महतले लुम्बिनीमा बजेट ब्यावस्थापनमा कमजोरी रहेको दावी गरेका छन ।
सोमबार सिद्धार्थ उद्यागे बाणिज्य संघ भैरहवाले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै अर्थ मन्त्रीले बजेटको अभावमा संचालित योजनाहरु ढिला हुन नदिने दावी गरेका हुन । भैरहवा क्षेत्रमा सञ्चालीत गौतमबुद्ध अन्तराष्ट्रिय बिमान स्थल निर्माण, भैरहवा—बुटवल ब्यापारीक मार्ग बिस्तार जस्ता योजनाहरुलाई समयमै सम्पन्न गर्न बजेटको अभाव हुन नदीने उनले बताए । ‘पहिला काम गर्नुहोस, बजेटको लागी समस्या छैन,’ उनले भने ।
राष्ट्रिय स्तरमा सञ्चालीत योजनाहरुको लागी बजेट मार्फत निश्चित रकम बिनीयोजन गरीए पनि उक्त रकम सकीएर थप काम भए त्यस्तो अवस्थामा बजेट थप हुने उनले बताए । यसै गरि महतले भारतबाट कृर्षीजन्य बस्तु आयात गर्दा त्यसमा सरकारी दस्तुर बढाउन दुई देश बिचको ब्यापार सम्झौताका कारण समस्या रहेको बताए ।
सघंका अध्यक्ष रामकुमार शर्र्माले कृर्षी जन्य बस्तुको आयातमा भन्सार शुल्क न्युन भएकाले नेपालका उद्योगी ब्यापारीले प्रस्पिर्धा गर्न नसकेको भन्दै स्वदेशी उद्योग र कृषकलाई संरक्षण हुने गरी कार्यक्रम ल्याउन माग गरे । यसका साथै ब्यापारीहरुले भैरहवा क्षेत्रमा रहेको बिद्युत समस्या, सेजको लागी कानुन निर्माण लगायतका समस्याहरुबारे अर्थमन्त्रीलाई अवगत गराएका थिए ।
सोमबार सिद्धार्थ उद्यागे बाणिज्य संघ भैरहवाले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै अर्थ मन्त्रीले बजेटको अभावमा संचालित योजनाहरु ढिला हुन नदिने दावी गरेका हुन । भैरहवा क्षेत्रमा सञ्चालीत गौतमबुद्ध अन्तराष्ट्रिय बिमान स्थल निर्माण, भैरहवा—बुटवल ब्यापारीक मार्ग बिस्तार जस्ता योजनाहरुलाई समयमै सम्पन्न गर्न बजेटको अभाव हुन नदीने उनले बताए । ‘पहिला काम गर्नुहोस, बजेटको लागी समस्या छैन,’ उनले भने ।
राष्ट्रिय स्तरमा सञ्चालीत योजनाहरुको लागी बजेट मार्फत निश्चित रकम बिनीयोजन गरीए पनि उक्त रकम सकीएर थप काम भए त्यस्तो अवस्थामा बजेट थप हुने उनले बताए । यसै गरि महतले भारतबाट कृर्षीजन्य बस्तु आयात गर्दा त्यसमा सरकारी दस्तुर बढाउन दुई देश बिचको ब्यापार सम्झौताका कारण समस्या रहेको बताए ।
सघंका अध्यक्ष रामकुमार शर्र्माले कृर्षी जन्य बस्तुको आयातमा भन्सार शुल्क न्युन भएकाले नेपालका उद्योगी ब्यापारीले प्रस्पिर्धा गर्न नसकेको भन्दै स्वदेशी उद्योग र कृषकलाई संरक्षण हुने गरी कार्यक्रम ल्याउन माग गरे । यसका साथै ब्यापारीहरुले भैरहवा क्षेत्रमा रहेको बिद्युत समस्या, सेजको लागी कानुन निर्माण लगायतका समस्याहरुबारे अर्थमन्त्रीलाई अवगत गराएका थिए ।










