न्युयोर्क, साउन १० – (एजेन्सी) – अमेरिकामा भएको मैत्रिपूर्ण खेलमा म्यानचेष्टर युनाईटेडले बार्सीलोनालाई ३–१ ले हराएको छ । च्याम्पियन्स लिग विजेता बार्सीलोना विरुद्ध युनाइटेडबाट वायनी रुनी, जेसी लिनगार्ड र एडन जानुजाजले एक एक गोल गरे ।
बार्सिलोनाका लागि खेलको अन्त्यतिर राफिन्हाले सान्त्वना गोल फर्काएका थिए । रियाल म्याड्रिड जाने चर्चा चलिरहेका बेला लुईस भान गालले गोलकिपर डेभिड डि जियालाई प्रिसिजन टुरमा बार्सीलोना विरुद्ध उतारेका थिए ।
यता, अन्तर्राष्ट्रिय च्याम्पियन्स कपमा चेल्सीले फ्रान्सको पेरिस सेन्ट जर्माइनलाई टाइब्रेकरमा हराएको छ । निर्धारित तथा अतिरिक्त समयको खेल एक एक गोलको बराबरीमा सकिएपछि प्रिसिजन टूरमा चेल्सीले टाइब्रेकरमा ६–५ को जीत निकालेको हो ।
ज्याटलान् इब्राभोमिचले खेलमा गोल गर्दै पेरिस सेन्ट जर्माइनलाई अग्रता दिलाएका थिए । तर भिक्टोर मोसेसले भलि गोल गर्दै चेल्सीलाई खेलमा फर्काए ।
चेल्सीका लागि प्रिसिजन टुरमा रामाडेल फल्काओले समेत डेब्यू गरे । यसअघि फाल्काओ गत सिजन युनाइटेडमा थिए । यस सिजन ऋणमा फाल्काओ चेल्सी आएका छन् ।