रुपैडियाको जमुनाहा नाकाबाट ११२ गाडी नेपाल भित्रिए

नेपालगंज, २४ मंसिर– मधेसी मोर्चाले अबरोध गरिरहेको नेपालगन्ज रुपैडिया भन्सार सीमा अन्तर्गत पर्ने जमुनाहा नाका बिहीबार खुकुलो भएको छ । नाका खुकुलो भएसँगै बुधबार राति र बिहीबार विहान गरी एक सय १२ वटा सवारी साधन नेपाल भित्रिएको छ । गएराती १३ र बिहान ९९ गरी १ सय १२ वटा पेट्रोलियम पदार्थसहित अन्य मालबाहक सवारी साधन भित्रिएको भन्सार कार्यालयले जनाएको छ ।

, ,

0 comments

Write Down Your Responses