छोरालाई अष्ट्रेलिया पठाएका पूर्वमन्त्रीले हर्जना तिरे, गृहमन्त्री बस्नेतको पालो कहिले ?


काठमाण्डु, १ पुस– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदमा रहेका बेला गैरकानुनी रुपमा छोरालाई अष्ट्रेलिया भ्रमणमा पठाएबापत हर्जना तिराएको छ । पराजुलीले अनुचित र गैरकानूनी रुपमा छोरालाई अष्ट्रेलिया पठाउँदा दुग्ध विकास संस्थानलाई २ लाख ६० हजार नोक्सानी भएको ठहर गर्दै उक्त रकम हर्जना तिर्न आदेश दिएको थियो । अख्तियारले बुधबार एक विज्ञप्ति मार्फत पराजुलीले सोमबार हर्जना बुझाएको जनाएको छ । पूर्वमन्त्री पराजुलीले हिमालय बैंकमा रहेको दूग्ध संस्थानको खातामा २ लाख ६० हजार रुपैयाँ जम्मा गरेको अख्तियारका सह–प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । पराजुलीले मन्त्री स्तरीय निर्णयबाट वनकटवा दूग्ध उत्पादन सहकारी संस्था बाँकेका शेयर सदस्य गिर्वाणविक्रम पराजुलीलाई दुग्ध विकास संस्थानको खर्चमा ०७२ असार २९ गतेदेखि ०७२ साउन ४ गतेसम्म अष्ट्रेलिया भ्रमणमा पठाएका थिए । सुशील कोइराला नेतृत्वको सरकारमा कृषिमन्त्री रहेका पराजुली गत असार १५ गते धान दिवसका दिन भएको रोपाईंका क्रममा महिलाहरुलाई अश्लिल हर्कत गरेपछि विवादमा तानिएका थिए । सोही विवादका कारण पराजुलीले पदबाट राजीनामा दिएका थिए । सोही नजिरका आधारमा भूकम्प पीडितको कोटामा दुई छोरीलाई चीन भ्रमण पठाएको विषयमा समेत हर्जना तिराउने बाटो खुलेको छ । उक्त प्रकरणबारे अख्तियारले छानबिन थालेको छ ।

, ,

0 comments

Write Down Your Responses