विदेशीको सहयोगमा खानेपानी आयोजना निर्माण

पाल्पा, २७ मंसिर – वर्षौंदेखि खानेपानीको समस्या भोगेका सहलकोट सेरडाँडाका स्थानीयवासी अहिले खानेपानीको समस्याबाट मुक्त भएका छन् । जापानका समाजसेवी काजुमासा काकिमी ओकेबाजेले खानेपानी आयोजनाका लागि आर्थिक रकम सहयोग गरेपछि स्थानीयवासी उपभोक्ताको सक्रियतामा योजना निर्माण गरिएको हो । ओकेबाजेको दुई लाख रुपैयाँ सहयोग र स्थानीयवासी उपभोक्ताको जनश्रमदानसहति दुई लाख ५० हजार रुपैयाँको लागतमा आयोजना सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष तुलबहादुर पुलामीले बताए । आयोजनाबाट सेरडाँडाका १७ घरधुरीका उपभोक्ता लाभान्वित भएका छन् । गाउँमा पिउने पानीका लागि टाढाटाढा पानीका मूल, कुवा खोजेर जीवन गुजारा गर्दै आएका उपभोक्तामा अहिले आयोजना सम्पन्न भई घर घरमा पानी आउन थालेपछि खुसी छाएको छ । नवनिर्मित आयोजनाको ११ वटा धारा जडान गरी उपभोक्तालाई सहज रुपमा पानी वितरण गरिएको स्थानीयवासी प्रेम बाकाबलले जानकारी दिए ।

, ,

0 comments

Write Down Your Responses