जन्ती र बहुली पक्षबीच गोली हानाहान : २१ मारिए, १० घाइते

काबुल, साउन ११ – विवाहकै दिन गोली चलेको सुन्नभएको छ, त्यो पनि बेहुली पक्ष र जन्ति पक्षबीच रु धेरैको कल्पना बाहिरको यस्तो घटना अफगानिस्तानमा घटेको छ । उत्तरी क्षेत्रमा एक विहेका दौरान गोली हानाहान हुँदा २१ जनाको मृत्यु भएको छ । 

जन्ती र दुलही पक्षमा केही हतियारधारी व्यक्ति अवैध रुपमा छिरेपछि घटना घटेको अनुमान लगाइएको छ । तर घटनाबारे थप जानकारी केही आएको छैन् । घटनामा थप १० जना घाइते भएको बागलान राज्यका गर्भनर जावेद बसरतले जनाएका छन् । आइतरबार राती अन्दराव जिल्लामा जन्ति पक्ष र बेहुली पक्षबीच गोली हानाहान भएको थियो । 

दुबै पक्षमा केही सैन्य व्यक्ती सहभागी हुदाँ त्यसको मार सर्वसाधारण तथा दुलाही र जन्ती पक्षसहित सम्पूर्णलाई प¥यो । गोली हानाहानका क्रममा जन्ती पक्षबाट आएका १४ देखी ६० वर्षभित्रका धेरै व्यक्ति ज्यान गुमाउन बाध्य रहेको जावेदले बताएका छन् । सन् २००१ मा तालिवान विरुद्ध युद्ध सुरु भएपछि बागलान र अन्य उत्तरी राज्य सबैभन्दा अस्थिर छन् ।

0 comments

Write Down Your Responses