कटरिनालाई पाउनु रणवीर भाग्यमानी

मुम्बाई, साउन ११ – बलिउड नायक सैफ अलि खानले रणवीर कपूरलाई भाग्यमानीको संज्ञा दिएका छन् । उनले कैट्रिना कैफजस्तो प्रेमिका पाउनु रणवीरका भाग्योदय रहेको बताए । यसअघि सैफ अली र करिना कपूरले रणवीर र कैट्रिनाको जोडी निकै सुहाउने टिप्पणी गरेका थिए । 

नातामा करिना र रणवीर दिदी–भाई हुन् । कैट्रिनाले पनि पछिल्लो समय करिनाको तारिफ गर्दै आएकी छिन् । उनी भन्छिन् ,‘मैले धेरैको संगत गरेँ । त्यसमध्ये उनी क्षमतावान्, सहज, इमादार र राम्री व्यक्ति हुन् । म अझै उनलाई यस्तै हेर्न चाहन्छु ।’ यता, करिनाले छिट्टै आफ्नो भाईले कैट्रिनालाई विहे गर्ने विश्वास लिएकी छिन् । 

रणवीर र कैट्रिनाले सन् २००९ मा ‘अजव प्रेम की गजव कहानी’ मा पहिलो पटक एकसाथ काम गरेका थिए । त्यसै फिल्मपछि उनीहरु बिस्तारै नजिकिदैँ गए ।

0 comments

Write Down Your Responses