नाच्दै शंकर विसी (फोटोफिचर)
गुल्मी, साउन ९ – देशका चर्चित मोडल एवं डान्सर शंकर विसी अहिले एक गीतको सुटिङ्गमा गुल्मीको तम्घासमा नाच्दै छन् । चर्चित लोक गायक बैकुण्ठ महतको ‘घाटाको कारोवार ’ वोलको गीतमा उनले मोडलिङ्ग गरेका हुन् ।
उनका साथमा अर्की चर्चित मोडल रश्मी तामाङ्गलगायत नाच्दै छन् । तिजको अवसरमा गायक महतले आफ्नो १३ औं एलवमका रुमा घाटाको कारोवार एलवम वजारमा ल्यान लागेका हुन् । यस अघि थुप्रै गितहरुले चर्चा पाएका महतले यस गीतलाई पनि श्रोताले रुचाई दिने अपेक्षा राखेका छन् ।
तम्घासको वालमन्दिरमा चलिरहेको सुटिङ्गको सम्पुर्ण व्यवस्थापन महेश काउछा, टामलाल केसी, देवेन्द्र भलामी र रोमबहादुर सिंजालीले गरेका छन् । शंकर विसी आउने कुराले केहि दिन अघि नै चर्चा पाएको थियो । त्यसलै पनि हेर्न आउनेहरुको निकै भिड रहेको छ ।
0 comments
Write Down Your Responses